माइक्रोफाइनान्सको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ। हकप्रदमा धिातेपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरु, मेरो शेयर तथा सिद्धार्थ क्यापिटल नक्साल र माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।
माइक्रोफाइनान्सले हकप्रद निष्काशन गर्न माघ १६ गते शेयरधनी दर्ता किताव बन्द गरिसकेको छ । यसअनुसार हकप्रदमा माघ १५ गतेसम्म कायम रहेका शेयरधनीले आवेदन दिन सक्नेछन् । हकप्रदमा आवेदन दिने अन्तिम म्याद चैत्र १७ गतेसम्म रहेको छ।
माइक्रोफाइनान्सले गत आर्थिक वर्षको बोनस वितरण गर्नुभन्दा पहिलेको चुक्ता पूँजी ५ करोड ५० लाख रुपैयाँको २० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । गत माघ २६ मा सम्पन्न साधारण सभाले गत वर्षको नाफाबाट शेयरधनीलाई ५ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजीको ४०.५० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेपछि अहिले माइक्रोफाइनान्सको चुक्ता पूँजी ७ करोड ७२ लाख ७५ हजार रुपैयाँ छ।
बोनसले हकप्रद नपाउने हुँदा हकप्रद शेयर निष्काशन पश्चात माइक्रोफाइनान्सको चुक्ता पूँजी १ करोड १० लाख रुपैयाँले बढेर ८ करोड ८२ लाख ७५ हजार रुपैयाँ पुग्नेछ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा माइक्रोफाइनान्सले दुई करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ५४ रुपैयाँ ६७ पैसा छ ।
फागुन ९ गते बिहिबार माइक्रोफाइनान्सको प्रतिशेयर मूल्य एक हजार २७० रुपैयाँमा कारोबार भैरहेको छ।