राष्ट्रिय बीमा संस्थानले संघीय संरचना बमोजिम सेवा विस्तार गर्ने

Feb 24, 2019 Merolagani

राष्ट्रिय बीमा संस्थान (RBS) ले संघीय संरचना बमोजिम सेवा विस्तार गर्ने भएको छ । सरकारको पूर्ण स्वामित्वमा रहेको संस्थाले आफ्नो ५२ औं  स्थापना दिवसको अवसरमा सो जानकारी गराएको हो ।

संस्थान ५२ औं वर्ष प्रवेश गरेको अवसरमा शनिबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहमा संस्थान सञ्चालक समितिका अध्यक्ष धनीराम शर्माले मुलुक संघीय संरचनामा पूण रुपमा प्रवेश गरिसकेको परिप्रेक्षमा संस्थानले आफ्नो कार्य क्षेत्रलाई सोही बमोजिम सेवा विस्तार गर्ने योजना बनाइरहेको जानकारी दिए ।

बीमा बजारमा निजी र विदेशी कम्पनीहरुको आकर्षण रहेतापनि संस्थानले आफ्नो स्थान बनाउन सफल रहेको उनको भनाई थियो ।

हाल संस्थानको अधिकृत पुँजी ५० करोड र चुक्तापुँजी १८ करोड १० लाख २० हजार रुपैयाँ रहेको छ । संस्थानमा व्यक्तिगत जीवन बीमातर्फ करिब दुई लाख ९८ हजार बीमित तथा रहेको छन भने यस बर्षबाट करीब तीन लाख सरकारी कर्मचारीहरुको सावधिक जीवन बीमा थप गरिएको छ । त्यसैगरी अन्य ठूला बैंक तथा सार्वजनिक संस्थानकाकर्मचारीहरुको बीमा समेत संस्थानले गर्दै आएको छ ।

संस्थानले चालु अआर्थिक वर्षको प्रथम अर्धवार्षिकमा चार अर्ब ४१ करोड बीमाशुल्क संकलन गरेरे एक अर्ब ५१ करोड दाबी भुक्तानी गरेको जनाएको छ । २०७५ पौष मसान्तमा संस्थानको जीवन बीमा कोष १९ अर्ब २१ करोड पुगेको छ ।

संस्थानले दीर्घकालीन परियोजनाहरुमा लगानी गर्ने प्रयास स्वरुप माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा २१ करोड १८ लाख शेयर पूंजी र दुई अर्ब ऋण लगानी गरेको छ । त्यस्तै जलविद्युत लगानी तथा विकाश कम्पनीमा एक अर्ब शेयर लगानी र विद्युत उत्पादन कम्पनीमा ६ करोड ६० लाखको संस्थापक शेयर लगानी गरेको छ ।

संस्थानमा नेपाल सरकार, नेपाल राष्ट्र बैँक तथा नेपाल बैक लिमिटेडको क्रमशः २७.७८ प्रतिशत, ५५.५५ प्रतिशत तथा १६.६७ प्रतिशत स्मामित्व छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।