बुकक्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीले मात्र लाभांश पाउने हुनाले आइतबारसम्म कायम रहने शेयरधनी मात्र लाभांशका लागि योग्य हुनेछन् ।
बैंकले फागुन २५ गते शनिबार होटल मानकि इन्टरनेसनल जनकपुरधाममा दिउँसो १ बजे साधारण सभामा बोलाएको छ ।
सभामा बैंकले १७ प्रतिशत (८ करोड ६६ लाख ४३ हजार ५९४ रुपैयाँ) नगद लाभांश सहितका मर्जर प्राप्तीमा जान आवश्यक प्रकृया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान लगायतका मुख्य एजेण्डा रहेका छन् ।