नेपाल प्रशासनिक प्रतिष्ठान, जावलाखेल, ललितपुरमा बोलाइएको सभाले फाइनान्सको पुस २७ गते शुक्रबार बसेको सञ्चालक समितिको २६८ औं बैठकले गत वर्षको मुनाफाबाट लागनीकर्तालाई प्रस्ताव गरेको ७ प्रतिशत (५ करोड ७६ लाख ३७ हजार ८५० रुपैयाँ) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ ।
यसैगरि आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन पारित गर्ने र लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने लगायतका एजेण्डा पनि सभामा छन् ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २३ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ । यसअनुसार फागुन २२ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् ।
चुक्ता पूँजी ८२ करोड ३३ लाख रुपैयाँ रहेको फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा२ करोड ८२ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस अवधिमा फाइनान्सको प्रतिशेयर आम्दानी ६ रूपैयाँ ८६ पैसा छ।