शिवम् सिमेन्टको आइपिओ भर्ने मंगलबार अन्तिम दिन, पाँचथर पावरमा पहिलो दिन कति पर्यो आबेदन ?

Feb 25, 2019 Merolagani

शिवम् सिमेन्टको आइपिओको बिक्री मंगलबार बन्द हुने भएको छ । शिवम् सिमेन्टले फागुन ६ गते देखि सर्वसाधारणका लािग निष्काशन गरेको शेयरमा माग भन्दा बढी आबेदन परेपछि मंगलबार बैकिङ्ग समय पछि बन्द हुने भएको हो ।

तर स्थानीयतर्फ भने सोमबार साँझ सम्म २ लाख ११ हजार ६० कित्ता शेयर बिक्री हुन बाँकी छ । शिवमले प्रिमियम मूल्यमा निष्काशन गरेको साधारण शेयरमा फागुन १३ गते सोमबार बेलुका सम्ममा सर्वसाधारण र स्थानीय गरि कूल एक अर्ब ४८ करोड १ लाख ५२ हजार रूपैयाँ बराबरको आवेदन परेको छ ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार ४६ हजार ४६ आवेदनबाट एक अर्ब ४० करोड ४६ लाख ३६ हजार रूपैयाँ बराबरको ४६ लाख ८८ हजार १२० कित्ता शेयर माग भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि अंकित मूल्य एक सय रूपैयाँमा २०० प्रिमियम सहित प्रतिकित्ता ३०० रूपैयाँका दरले ४१ लाख २० हजार कित्ता शेयर निष्काशन गरेको हो ।

यसैगरि स्थानीयतर्फ ७३६ करोड ७१ लाख ६० हजार रुपैयाँ बराबरको माग परेको छ । ७८५ आवेदनबाट ३ लाख ६८ हजार ५८० कित्ता शेयरमा आवेदन परेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटले जनाएको छ । मकवानपुरबासीका लागि कम्पनीले अंकित मूल्य एक सय रूपैयाँमा १०० प्रिमियम सहित प्रतिकित्ता २०० रूपैयाँका दरले ५ लाख ७९ हजार ६४० कित्ता शेयर निष्काशन गरेको हो । स्थानीयतर्फ भने २ लाख ११ हजार ६० कित्ता बिक्री हुन बाँकी छ ।

आईपिओमा सर्वसाधारण तथा मकवानपुरबासीले कम्तीमा ५० कित्ता तथा अधिकतम कित्ताको हकमा मकवानपुरबासीले ५ लाख ७९ हजार ६४० कित्ता र सर्वसाधारणले ४४ लाख कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था छ ।

पाँचथर पावरको आईपिओमा ५ करोड भन्दा बढीको आवेदन

पाँचथर पावर कम्पनीले निष्काशन गरेको आइपिओमा पहिलो दिन सोमबार ५ करोड १२ लाख रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार साँझ ५ वजे सम्ममा ११ हजार ५०० आवेदन मार्फत ५ लाख १२ हजार कित्ताको लागि आबेदन परेको हो ।

कम्पनीले सर्वसाधारणका लागि अंकित मूल्य एक सय रुपैयाँ प्रतिकित्ता दरले १७ करोड ५० लाख २५ हजार रुपैयाँ बराबरको १७ लाख ५० हजार २५० कित्ता शेयर निष्काशन गरेको हो ।

निष्काशित आईपिओ मध्ये कर्मचारीहरूलाई ३५ हजार ५ कित्ता र सामुहिक लागानी कोषलाई ८७ हजार ५१२ कित्ता छुट्याएर बाँकी रहेको १६ लाख २७ हजार ७३३ कित्ता शेयरका लागि सर्वसाधारणहरूले आवेदन गर्न सक्नेछन ।

इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट सी–आस्वाको प्रणली मार्फत आवदेन दिन सक्नेछन । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।

कम्पनीको शेयरमा छिटोमा फागुन १६ गते आवेदन गर्न सकिनेछ । त्यस अवधिमा पर्याप्त आवेदन नपरे चैत १२ गते सम्म आवेदन दिन सकिनेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।