नबिल बैंकको बोनस पश्चात शेयरमूल्य समायोजन

Feb 26, 2019 Merolagani

नबिल बैंक (NABIL) को मंगलबार नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको १२ प्रतिशत बोनस पछि शेयरमूल्य समायोजन भएको नेप्सेले जनाएको छ।

नेप्सेका अनुसार १२ प्रतिशत बोनस समायोजन पश्चात बैंकको सर्वसाधारण तर्फको शेयरमूल्य ७०८ रुपैयाँ ९३ पैसा र संस्थापक तर्फको शेयरमूल्य ६७० रुपैयाँ निर्धारण गरिएको छ । बैंकको औसत आधार मूल्य ११२१ रुपै्याँ ९६ पैसा कायम भएको छ । 

समायोजित मूल्यलाई आधार मानेर मंगलबार बैंकको शेयर कारोबार सुचारु हुनेछ। बैंकको साधारण शेयर जस्तै संस्थापक शेयर पनि कारोबार हुने गरेकाले दुबैको शेयरमूल्य समायोजन गरिएको हो । 

बैंकले फागुन २७ गते सञ्चालक समितिले प्रस्ताव गरिको २२ प्रतिशत नगद तथा १२ प्रतिशत बोनस सहित कूल ३४ प्रतिशत लाभांश पारित गर्ने तयारी गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।