जेबिल्स फाईनान्सको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

Feb 27, 2019 Merolagani

जेबिल्स फाईनान्स (JEFL) ले आर्थिक वर्षको २०७३/७४ को नाफाबाट शेयरधनीलाई वितरण गर्न घोषणा गरेको लाभांशलाई राष्ट्र बैंकले स्वीकृत दिएको छ । फाइनान्सले हाल कायम चुक्ता पूँजीको ३.५७ प्रतिशत ले हुने दुई करोड ८८ लाख ९५ हजार ६२५ रुपैयाँ बराबरको बोनस वितरण गर्ने प्रस्ताव गरेको छ ।

साथै फाइनान्सले बोनस करप्रयोजनार्थ १५ लाख २० हजार ८२२ रुपैयाँ नगद लाभांश वितरण गर्ने जनाएको छ ।

फाइनान्सको गत पुष २८ मा बसेको संचालक समिति बैठकले दश प्रतिशत बोनस प्रस्ताव गरेको थियो । तर कम्पनीले त्यसपश्चात शतप्रतिशत र चालीस प्रतिशत हकप्रद शेयर बिक्री गरेको थियो । हकप्रदले समेत पाउने गरी लाभांश प्रस्ताव गरेपछि कम्पनीको लाभांश दर घटेको हो ।

हकप्रद समायोजन पश्चात कम्पनीको चुक्तापूँजी ८० करोड ९० लाख ७७ हजार रुपैयाँ पुगेको छ । प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

बोनस शेयर पश्चात फाईनान्सको चुक्ता पूँजी ८३ करोड ७९ लाख ७३ हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा फाइनान्सले ९० लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।