आठौं हब्र्स एक्स्पो फागुन १७ गतेदेखि ठमेलको छायाँ सेन्टरमा हुने

Feb 27, 2019 Merolagani

नेपाल हब्र्स तथा हर्बल उत्पादक संघले व्यापार घाटा रोक्न आठौं हब्र्स एक्स्पो आयोजना गर्ने भएको छ । संघले फागुन १७ गतेदेखि काठमाडौं ठमेलको छायाँ सेन्टरमा मेला आयोजना गर्ने भएको हो ।

सात सय प्रजाति जडिबुटी तथा औषधिजन्य वनस्पतिको व्यापार घाटा बढिरहेको र वैदेशिक मुद्राको अभाव खेपिरहेको बेलामा यस्ता मेलाले वनस्पतिको सही व्यवस्थापन, प्रचार प्रसार र उपयोग गरी आर्थिक क्षेत्रमा ठूलो योगदान पुग्ने आयोजकको दाबी छ ।

“गुणस्तरीय जडिबुटी दिगो अन्तर्राष्ट्रिय बजार, प्रोत्साहन र सम्मान जिम्मेवार उद्यमको आधार” भन्ने मुल नाराका साथ मेला आयोजना गर्न लागिएको संघले जनाएको छ । मेलामा ५० वटा स्टलमा नेपालको हिमाल देखि तराइसम्म पाइने जडिबुटीको सचित्र जानकारी दिने आकर्षक स्टल हुने आयोजकको दाबी छ ।

मेलामा फ्रान्स, वेल्जियम, क्यानडा, जर्मनी लगायतका यूरोपीयन देश र भारत, बंगालादेश तथा चिन जस्ता छिमेकी मुलुकबाट दुइ दर्जनभन्दा बढीको संख्यामा नेपालको जडिबुटी प्रबद्र्धन तथा खरिदका लागि विभिन्न व्यवसायिक कम्पनीका प्रतिनिधिहरु आउने संघले जनाएको छ । एक्स्पो तीन दिनसम्म चल्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।