बैंकहरुले प्राथमिक पूँजी बराबरकै रकम विदेशी मुद्रामा ऋण लिन पाउने व्यवस्था लागू

Feb 28, 2019 Merolagani

बैंक तथा वित्तीय संस्थाहरुले परिवत्र्य विदेशी मुद्रामा प्राथमिक पूँजीको शतप्रतिशत ऋण लिन सक्ने व्यवस्था कार्यान्वयनमा आएको छ । राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको समीक्षा मार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो सुविधा दिएको थियो ।

केन्द्रीय बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा मार्फत गरेको व्यवस्था कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गरेको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई परिवर्त्य विदेशी मुद्रामा ऋण लिन पाउने व्यवस्था गरेपनि केन्द्रीय बैंकले तोकेका विभिन्न एघार शर्तहरु पालना गर्नुपर्ने व्यवस्था गरेको छ ।

वाणिज्य बैंकहरुले यसरी लिएको ऋण रकम घरजग्गा बाहेक भौतिक पूर्वाधार, पर्यटन, कृषि, जलविद्युत तथा लघु वित्त क्षेत्रमा कर्जा प्रवाह गर्ने वित्तीय साधानको प्रबन्धका लागि प्रयोग गर्न पाउनेछन् ।

राष्ट्र बैंकले तोकेको पूँजी कोष कायम भएका बैंकहरुले मात्र यस्तो ऋण लिन पाउने छन् । जसका लागि संचालक समितिबाट निर्णय गर्नुपर्नेछ । अन्तराष्ट्रिय रुपमा वित्तीय कारोबार गर्न कुनै बन्देज नलगाइएको वित्तीय संस्थाबाट मात्र ऋण लिन पाउनेछन् ।

विदेशबाट ऋण लिने वाणिज्य बैंकहरुले ऋण लिए बापत विदेशी बैंक तथा वित्तीय संस्थालाई कुनै किसिमको धितो, जमानत तथा बैंक ग्यारेन्टी दिन नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

बैंकहरुले यस्तो ऋण एक बर्षदेखि पाँच बर्षसम्मका लागि लिन पाउनेछन् । तर राष्ट्र बैंकको स्वीकृति लिएर यस्तो ऋण नविकरण गर्न पर्नेछ । ऋणको ब्याजदर लगायत ऋणदाताले लगानउने अन्य सम्पूर्ण शुल्क गरी अधिकतम ( 6 Month Libor + 3%  ) भित्र हुनुपर्ने छ । उक्त ब्याजदर बाहेक कर्जा स्वीकृति गर्दा लिइने अन्य शुल्क कमिशन दिन नपाउने व्यवस्था गरिएको छ ।

विदेश बाट ल्याइएको ऋण रकम परिवर्त्य मुद्राको अन्तर बैंक कारोबारमा प्रयोग गर्न पाइने छैन । यस्तो ऋण लिदा पूर्व स्वीकृति, लेखाकंन तथा साँवा ब्याज भुक्तानी गरे पश्चात सोको जानकारी केन्द्रीय बैंकमा गराउनुपर्नेछ ।

बैंकहरुले ऋण रकम भित्र्याउँदा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय कानूनको पालना गर्नुपर्ने शर्त राखेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।