जनउत्थान लघुवित्तले माग गर्यो शतप्रतिशत हकप्रद जारी गर्ने अनुमति

Feb 28, 2019 Merolagani

जनउत्थान सामुदायिक लघुवित्त (JSLBB) ले शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ। चुक्ता पूँजी वृद्धि गर्न लघुवित्तले दुई करोड ८८ लाख रुपैयाँ बराबरको २ लाख ८८ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने स्वीकृती माग गरेको हो।

लघुवित्तले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत अर्थात ५७ लाख ६० हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ। 

हाल लघुवित्तको चुक्ता पुँजी २ करोड ८८ लाख रुपैयाँ छ । हकप्रद र बोनस पछि लघुवित्तको चुक्ता पूँजी ६ करोड ३३ लाख ६० हजार रुपैयाँ पुग्नेछ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लघुवित्तले ८५ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

लघुवित्तले हकप्रद जारी गर्न बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटललाई छनोट गरेको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।