संस्थापक शेयर लिलामीमा बोलपत्र पेश गर्न इच्छुक व्यक्ति वा संस्थाहरुले फाइनान्सको बिक्री प्रबन्धक सनराइज क्यपिटल कमलपोखरी तथा रिलायन्सका महेन्द्रपुल पोखरा, नारायणढ चितवन, बनेपा काभ्रे, चारआली, झापामा बुझाउन सक्नेछन्।
त्यस्तै सनराइज बैंकको बीरगञ्ज, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीका शाखा कार्यालयहरुबाट ०७५ चैत १ गते सम्म शिलबन्दी बोलपत्र बुझाउन सकिने व्यवस्था गरिएको छ। कम्पनीको लिलामी शेयरमा न्यून्नतम प्रति शेयर १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गरी न्यूनतम एक हजार कित्तादेखि सबै कित्ताको लागि आवेदन गर्न सकिनेछ ।
कम्पनीको लिलामी शेयरमा न्यूनतम प्रति शेयर १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गरी न्यूनतम एक हजार कित्ताको लागि आवेदन गर्नुपर्दछ ।
फाइनान्सले यसअघि खुला गरेको लिलामीमा बिक्री नभएपछि फेरि सर्वसाधारणले समेत आवेदन गर्न पाउनेगरी लिलामी खुला गरेको छ । रिलायन्स फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड ४९ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको छ।
चुक्ता पूँजी ७२ करोड ४३ लाख रुपैयाँ रहेको फाइनान्सको प्रतिशेयर आम्दानी दुई रुपैयाँ ६ पैसाले ऋणात्मक रहेको छ । जगेडा कोषमा एक करोड ५१ लाख वृद्धि गरेर उसले २२ करोड ७ लाख रुपैयाँ सञ्चित गरेको छ । फाइनानसको प्रति शेयर नेटवर्थ १३० रुपैयाँ ६८ पैसा छ।
फाइनान्सको संस्थापक शेयर अन्तिम पटक प्रतिकित्ता ११० रूपैयाँमा कारोबार भएको छ भने साधारण शेयर फागुन १५ गते दोस्रो बजारमा फाइनान्सको शेयर प्रतिकित्ता ११२ रुपैयाँमा कारोबार भएको छ ।
धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरुको संस्थापक शेयरको कारोबार साधारण शेयरको जस्तै सहज नभएका कारण पनि कम्पनीहरुलाई संस्थापक शेयर बिक्री गर्न कठिनाई उत्पन्न हुने गरेको छ ।