एलआईसीको लाभांश फागुन १९ गतेसम्म कायम शेयरधनीले मात्र पाउने

Mar 01, 2019 Merolagani

लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआईसी) नेपाल (LICN) ले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट वितरण गर्न प्रस्ताव गरेको १२ बोनस शेयर फागुन २१ गते आइतबारसम्म कायम रहने शेयरधनीले मात्र पाउने भएका छन्।

कम्पनीले चैत ४ गते आह्वान गरेको १६ औं वार्षिक साधारण सभाका लागि कम्पनीले फागुन २१ गते मंगलबारदेखि चैत ४ गतेसम्म शेयरधनी दर्ता किताब बन्द निर्णय गरेको छ। सोमबार शिवरात्रीको सार्वजनिक विदा परेकाले आइतबारसम्म कायम शेयरधनीले मात्र लाभांश पाउने भएका हुन् । 

इन्स्योरेन्स कम्पनीले चैत ४ गते राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा बिहान ८ बजे आर्थिक वर्ष २०७३/७४ को साधारण सभा डाकेको हो।

सभाले १२.६३ प्रतिशत लाभांशका अतिरिक्त प्रमुख कार्यकारी अधिकृतको पारिश्रमिक निर्धारण र अनुमोदन गर्ने, र आर्थिक वर्ष २०७४/७५ का लागि लेखापरिक्षक नियुक्त र पारिश्रमिक निर्धारण तथा नियामक निकायको निर्देन बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने विशेष प्रस्ताव छलफल गरि पारित गर्नेछ ।

यस्तै सभाले संस्थापक शेयरधनीको तर्फबाट नियुक्त भएका सञ्चालकलाई अनुमोदन समेत गर्नेछ ।

हाल एक अर्ब ३३ करोड ४६ लाख ७७ हजार ५०० रुपैयाँ चुक्ता पुँजी रहेको एलआईसीको बोनस पूँजीकरणपछि एक अर्ब ४९ करोड ४८ लाख ३८ हजार ८०० रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।