कम्पनीको फागुन १७ गते बसेको २८२ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट चुक्ता पूँजी ४ अर्ब ३९ करोड रुपैयाँकाे ४८.५ प्रतिशत शेयर लाभांश तथा २३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित बोनस तथा नगद लाभांश नियामक निकाय बीमा समिति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीलाई वितरण हुनेछ।
हाल चार अर्ब ३९ करोड ६९ लाख २८ हजार रुपैयाँ चुृक्तापूँजी रहेकोे कम्पनीको २५ प्रतिशत (एक अर्ब ९ करोड ९२ लाख ३२ हजार १३२ रुपैयाँ) बोनस पूँजीकरण पश्चात पाँच अर्ब ४९ करोड ६१ लाख ६० हजार रुपैयाँ चुक्ता पूँजी कायम हुनेछ ।
नेपाल लाइफले आर्थिक वर्ष २०७३/७४ मा ४२ प्रतिशत बोनस र २८.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १० अर्ब ४७ करोड ५४ लाख रुपैयाँ खुद बीमा शूल्क आर्जन गरेको छ भने २८ करोड ५ लाख रुपैयाँ खुद नाफा गरेको छ ।
चुक्ता पूँजी ४ अर्ब ३९ करोड रुपैयाँ रहेको कम्पनीले यस अवधिमा प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७६ पैसा, प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ ३८ पैसा र मूल्यआम्दानी अनुपात ८६.५२ गुणा बढी छ।