ओरिएण्टल इन्स्योरेन्सको खुद नाफा साढे ८ करोड, ५६ करोड दाबी भुक्तानी गर्न बाँकी

Mar 04, 2019 Merolagani

ओरिएण्टल इन्स्योरेन्स (ORIENTAL) ले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। गत वर्षको यहि अवधिको तुलनामा नाफा करिब ५ करोड ५० लाख रुपैयाँले बढी हो।

ओरिएण्टलले गत वर्ष ३ करोड ६३ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्ममा कम्पनीले ३८ करोड ९ लाख खुद बीमा शुल्क आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा कम्पनीले ३६ करोड ३९ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो।

कम्पनीले पुर्नबीमा कमिशनवाट २ करोड ३५ लाख, लगानी कर्जा तथा अन्यवाट ४ करोड ९५ लाख रुपैैयाँ आम्दानी गरेको छ। यस्तै कम्पनीले २७ करोड ७ लाख रुपैयाँ बराबरको खुद दाबी भुक्तानी र पुनर्बीमा कमिशन वापत १ करोड १८ लाख रुपैयाँ खर्च गरेको छ।

कम्पनीको बीमा कोषमा ५५ करोड ४६ लाख रुपैयाँ र जगेडा कोषमा ३ करोड २० लाख रुपैयाँ सञ्चित छ। गत वर्षको यसै अवधिमा कम्पनीको जगेडा कोष भने अझै ७ करोड ६५ लाख रुपैयाँले ऋणात्मक थियो ।

यस अवधि सम्ममा कम्पनीले ९ हजार ९४० बीमालेख जारी गरि ४५ करोड ३९ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ। यस अवधिमा कम्पनीको ६ हजार १६३ बीमालेख नवीकरण भएका छन् ।

कम्पनीले ८३२ दाबी वापत २७ करोड ८३ लाख भुक्तानी गरेको छ भने एक हजार १८८ दाबी वापत ५६ करोड ६९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

ओरिएण्टल इन्स्योरेन्स नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत छैन ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।