एशियन लाइफको बुधबार बुकक्लोज, मंगलबारसम्म कायम शेयरधनीले मात्रै हकप्रद पाउने

Mar 05, 2019 Merolagani

एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले ६० प्रतिशत हकप्रद निष्काशन प्रयोजनको लागि फागुन २२ गते शेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्ने जनाएको छ । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन अर्थात मंगलबारसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन्।

कम्पनीको शेयर फागुन १९ गते आइतबार नेप्सेमा प्रतिकित्ता ५४५ रुपैयाँमा कारोबार भएको छ ।

एशियनले चुक्ता पूँजीको दश बराबर ६ कित्ताको अनुपातमा ७५ लाख ४० हजार ३५२ दशमलव ७३ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशनका लागि कम्पनीले एनआईबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

एक अर्ब २५ करोड ६७ लाख २५ हजार ४५५ रुपैयाँ चुक्ता पूँजी रहेको एशियनको ६० प्रतिशत हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी दुई अर्ब एक करोड सात लाख ६० हजार रुपैयाँ पुग्नेछ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ७३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले २ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यस अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ६० पैसा, प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ९६ पैसा र मूल्य आम्दानी अनुपात १३२.९४ गुणा बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।