फ्रान्सको ओवर्थर कम्पनीले पायो ५० रुपैयाँ दरका नोट छाप्ने जिम्मा

Mar 05, 2019 Merolagani

नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका २३ करोड प्रति नोट छाप्ने जिम्मा फ्रान्सको ओवर्थर फिडिक्युरलाई दिएको छ । राष्ट्र बैंकले नोटको डिजाइन, छाप्ने र आपूर्तिको जिम्मा समेत उक्त कम्पनीलाई दिएको हो ।

आवर्थरले ४७ लाख ७२ हजार ५०० युरोमा एघार अर्ब ५० करोड रुपैयाँ बराबरको ५० रुपैयाँ दरका नोट छाप्ने जिम्मा पाएको राष्ट्र बैंक मुद्रा व्यवस्था विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए ।

केन्द्रीय बैंकले गत पुषमा ५० रुपैयाँ दरका २३ करोड प्रति नोटको डिजाइन, छपाइ र आपूर्तिको समेत काम गर्नका लागि ग्लोबल टेण्डर आह्वान गरेको थियो । सबैभन्दा कम दर प्रस्ताव गरेकाले ओवथरलाई नोट छाप्ने जिम्मा दिएको राष्ट्र बैंकले जनाएको छ ।

यसअघि पनि केन्द्रीय बैंकले १०० रुपैयाँ दरका ४० अर्ब रुपैयाँबराबरको ४० करोड प्रति नोट छाप्ने काम अघि बढाइसकेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।