मिथिला लघुवित्तले थप्यो एक साता हकप्रद भर्ने समय, पुस ३० सम्म कायम शेयरधनीले मात्रै पाउने

Mar 06, 2019 Merolagani

मिथिला लघुवित्त (MLBBL) ले हकप्रद भर्ने समय एक साता थप गरेको छ । यसअघि फागुन २२ गतेसम्म हकप्रदमा आवेदन दिने समय रहेकोमा सञ्चालक समितिको निर्णय अनुसार ७ दिन समय बढाइएको हो ।

अब लगानीकर्ताले फागुन २९ गते बुधबारसम्म हकप्रदमा आवेदन गर्न पाउनेछन् । कम्पनीले माघ १ गते हकप्रद निष्काशनका लागि शेयरधनी किताब बन्द गरेकाले यस हकप्रदमा पुस ३० गतेसम्म कायम रहेका शेयरधनीले मात्र आवेदन गर्न पाउनेछन्।

शेयरधनीले धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थाका अलवा मेरो शेयरबाट हकप्रदमा आवेदन दिन सकिन्छ। लघुवित्तको प्रतिकित्ता शेयरमूल्य फागुन २१ गते मंगलबार ५८८ रुपैयाँ छ।

मिथिला लघुवित्त माघ १७ गते देखि चुक्ता पूँजीको ५० प्रतिशत (२ः१ अनुपातमा) ३ करोड २९ लाख ८९ हजार रुपैयाँ बराबरको ३ लाख २९ हजार ८९० कित्ता हकप्रद बिक्रीमा ल्याएको हो। लघुवित्तको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक काठमाडौं क्यापिटल रहेको छ ।

लघुवित्तको हकप्रदलाई केयर रेटिङ्ग नेपालले औसतभन्दा तल जनाउने केयर एनपि आईपिओ ग्रेड ४ ग्रेडिङ्ग प्रदान गरेको छ ।

हाल ६ करोड ५९ लाख ७७ हजार ९३८ रुपैयाँ चुक्ता पूँजी रहेको छ । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १०.४५ प्रतिशत (६८ लाख ९४ हजार ६९५ रुपैयाँ) बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ।

हकप्रद र बोनसपछि मिथिलाको चुक्ता पूँजी १० करोड ५८ लाख ६१ हजार ६०२ रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले ३५ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५३ पैसा कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।