शिवम् सिमेन्टको आईपिओ स्थानीयलाई माग अनुसार नै बाँडफाँड,९४ हजार ६९५ कित्ता सर्वसाधारणमा थपियाे

Mar 06, 2019 Merolagani

शिवम सिमेन्ट (SCL) को आईपिओ आयोजना प्रभावितले माग अनुसार नै पाएका छन्। कम्पनीले कूल ८ लाख ८० हजार कित्ता शेयर स्थानीय बासिन्दाका लागि निष्काशन गरेकोमा एक हजार ८९७ आवेदकले माग अनुसार नै शेयर प्राप्त गरेका छन् ।

स्थानीय तर्फ कूल एक हजार ८९८ आवेदन परेकामा एक सय कित्ता माग गर्दै परेको एउटा आवेदन रद्ध भएको थियो ।

एक हजार ८९७ आवेदकले १५ कित्तादेखि एक लाख १५ हजार कित्तासम्म माग गरेका थिए । उनीहरुले माग अनुसार नै शेयर पाएका हुन् ।

स्थानीयतर्फ ९४ हजार ६९५ कित्ता शेयर अवितरित भएको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यपिटलले जनाएको छ । आयोजना प्रभावितका लागि ८ लाख ८० हजार कित्ता शेयर निष्काशन गरिएकोमा एक हजार ८९७ आवेदकलाई ७ लाख ८५ हजार ३०५ कित्ता शेयर बाँडफाँड भएको हो ।

स्थानीय तर्फ आवेदन नपरेकोले बाँकी ९४ हजार ६९५ कित्ता शेयर सर्वसाधारणलाई थपेर वितरण गरिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।