यसरी बाँडफाँड गरेर बाँकी रहेको ११५ शेयर ६ हजार ५३० कित्तादेखि १० लाख कित्तासम्म आवेदन गरेका ३८ आवेदकमध्ये गोलाप्रथाबाट ११ जना आवेदकलाई १० कित्ताका दरले ११० कित्ता शेयर बाँडफाँड गरिएको हो। यसरी बाँकी रहेको ५ कित्ता शेयर फेरि तीनै आवेदकमध्ये गोलाप्रथाबाट थप १ कित्ताका दरले ५ जना आवेदकलाई बाँडफाँड गरिएको हो ।
यसअनुसार शिवम् सिमेन्टको आईपिओमा आवेदन गरेका सर्वसाधारणतर्फका लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ५ हजार ६५१ कित्तासम्म प्राप्त गरेका छन् ।
सर्वसाधारणतर्फ निष्काशन गरेको ४१ लाख २० हजार कित्ता तथा स्थानीयले आवेदन नगरेको ९४ हजार ६९५ कित्ता र शिवम् सिमेन्टका कर्मचारीहरुलाई छुट्टाइएको २ लाख २० हजार कित्ता समेत गरि कूल ४४ लाख ३४ हजार ६९५ कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड गरिएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।
कम्पनीको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीको सर्वसाधारण तर्फ ५१ हजार ८९८ आवेदनबाट ५१ लाख ९० हजार ८६० कित्ताका लागि आवेदन परेको थियो । जसमध्ये १६ वटा आवेदनबाट परेको एक हजार ३०० कित्ता शेयर रद्ध भएको छ ।
आईपिओमा ५१ हजार ८८२ आवेदकबाट परेको ५१ लाख ८९ हजार ५६० कित्ता शेयर सदर भएको थियो।
शिवमले फागुन ६ गतेदेखि सर्वसाधारणमा अंकित मूल्य एक सय रुपैयाँमा २०० प्रिमियम सहित प्रतिकित्ता ३०० रुपैयाँका दरले ४४ लाख कित्ता र मकवानपुरबासीका लागि अंकित मूल्य एक सय रुपैयाँमा १०० प्रिमियम सहित प्रतिकित्ता २०० रुपैयाँका दरले ५ लाख ७९ हजार ६४० कित्ता शेयर निष्काशन गरेको थियाे।
यसअघि नै कम्पनीले स्थानीयका लागि २ लाख २४० कित्ता बाँडफाँड गरेको थियो। स्थानीयको प्रिमियम घटेपछि यसअघि बाँडफाँडमा शेयर पाएका थप ५० प्रतिशतका दरले एक लाख १२० कित्ता शेयर प्रदान गरेको हो।