साल्ट ट्रेडिङ्गको ३५% लाभांश सुरक्षित गर्नै बिहीबार अन्तिम दिन

Mar 07, 2019 Merolagani

साल्ट ट्रेडिङ्ग कर्पोरेशन (STC) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको चुक्ता पूँजीको ३५ प्रतिशत लाभांश सुरक्षित गर्ने फागुन २३ गते (आज) अन्तिम दिन रहेको छ ।

कम्पनीको शेयर अन्तिम पटक नेप्सेमा प्रतिकित्ता ५०१ रुपैयाँमा कारोबार भएको छ।

कर्पोरेशनले लाभांश पारित गर्न चैत ११ गते बिहान ११ बजे ५२ औं वार्षिक साधारण सभा बोलाएको छ ।साधारण सभा प्रयोजनको लागि कर्पोरेशनले फागुन २४ गते देखि चैत ११ गतेसम्म बुकक्लोज गर्ने निर्णय सञ्चालक समितिले गरेको छ। यस अुनसार फागुन २३ गते बिहीबारसम्म कायम शेयरधनीले लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

सञ्चालक समितिले आर्थिक वर्ष २०७४/७५ को खुद मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउने ३ करोड ७ लाख ८ हजार ३५० रुपैयाँको बोनस शेयर र १० प्रतिशतका दरले कर सहित १ करोड २२ लाख ८३ हजार ३४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले सो लाभांश अनुमोदन गर्नेछ।

यस्तै सर्वसाधारण शेयरधनीहरुको तफबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पदमा ७ जना निर्वचन गर्नेछ ।

काठमाडौंको कालिमाटीमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी १२ करोड २७ लाख ९३ हजार ४०० रूपैयाँ रहेको छ । बोनस पश्चात कम्पनीको चुक्ता पूँजी १५ करोड ३४ लाख ९१ हजार ७५० रूपैयाँ पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।