नेशनल लाइफद्धारा साधारण सभा आह्वान, चैत १ गते बुकक्लोज

Mar 07, 2019 Merolagani

नेशनल लाइफ इन्स्योरेन्स (NLICL) ले लाभांश पारित गर्न साधारण सभा डाकेको छ। कम्पनीले आर्थिक वर्ष २०७३/७४ मुनाफाबाट चुक्ता पूँजीको १३.५ प्रतिशत बोनस शेयर पारित गर्न चैत्र १५ गते शुक्रबार ३० औं वार्षिक साधारण  सभा आह्वान गरेको हो।

कम्पनीले केन्द्रीय कार्यालय, लाजिम्पाटमा बिहान साढे १० बजे वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभा प्रयोजनको लागि इन्स्योरेन्सले चैत १ गते देखि १५ गते सम्म शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ। यसअनुसार फागुन ३० गतेसम्म कायम रहने शेयरधनीले मात्र लाभांश पाउनेछन् । 

कम्पनीके ३० औं वार्षिक साधारण सभाले १३.५० प्रतिशत बोनस अर्थात ३५ करोड ७७ लाख १३ हजार १९१ रूपैयाँ बराबरको बोनस शेयर र बोनस शेयर वापतको कर प्रयोजनको लागि १ करोड ८८ लाख २७ हजार १० रुपैयाँ नगद लाभांश अनुमोदन गर्नेछ ।

हाल कम्पनीको दुई अर्ब ६४ करोड ९७ लाख २७ हजार २४४ रूपैयाँ रहेको चुक्ता पूँजी बोनस शेयर वितरण पश्चात तीन अर्ब ७४ लाख ४० हजार रुपैयाँ पुग्नेछ।

यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गरी जारी पूँजी ४ अर्ब पुर्याउने तथा हाल कायम रहेको संस्थापक समूह 'क' र विदेशी लगानीकर्ता समूह 'ख' लाई एउटै समूह 'क' मा राख्ने र 'ख' हटाउने प्रस्ताव पनि रहेको छ'। यसपछि 'ख' बाट प्रतिनिधित्व हुने संस्थापक सञ्चालक पनि 'क' बाटै प्रतिनिधित्व हुनेछ।

यसैगरि २९ औं वार्षिक साधारण सभाबाट शेयरधनी समुह ‘ख’ वर्गबाट निर्वाचित र विज्ञ सञ्चालकको रिक्त सञ्चालक पदमा सञ्चालक समितिले गरेको नियुक्ती अनुमोदन गर्ने प्रस्ताव पनि सभामा छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा नेशनल इन्स्योरेन्सले २ अर्ब ९८ करोड ४० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरी १७ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ। दोस्रो त्रैमास सम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ९२ पैसा, प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ०३ पैसा र मूल्य आम्दानी अनुपात ५४.८७ गुणा बढी छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।