पाँचथर पावरको आईपिओ बाँडफाँड, ३३ हजार ५३१ आवेदकले पाए अधिकतम ३० कित्ता

Mar 07, 2019 Merolagani

पाँचथर पावर कम्पनी लिमिटेड (PPCL) ले सर्वसाधारणको लागि निष्काशन गरेको आईपिओ फागुन २३ गते बिहीबार बिक्री प्रबन्धक सानिमा क्यापिटलले बाँडफाँड गरेको छ। आईपिओमा आवेदन गरेका ३३ हजार ५३१ आवेदकले अधिकतम ३० कित्ता शेयर प्राप्त गरेका छन् भने २० कित्तासम्म माग गर्नेले पनि मागेजति पाए।

यस्तै १० कित्ताको लागि आवेदन दिएका ३३ हजार ५६५ आवेदकलाई माग अनुसारको तीन लाख ३५ हजार ६५० कित्ता शेयर बाँडफाँड गरिएको छ भने २० कित्ताको लागि आवेदन गरेका ११ हजार ४८२ जनाले पनि २० कित्ता दरले मागे अनुसार नै २ लाख २९ हजार ६४० कित्ता शेयर प्राप्त गरेका छन् ।

आईपिओमा ३० कित्तादेखि ९ हजार ६२० कित्तासम्म आवेदन गरेका ३७ हजार ६२७ आवेदकलाई समानुपातिक रुपमा २० कित्ता शेयर बाँडफाँड गरिएको हो । यसरी बाँडफाँड गरेर बाँकी रहेको ३ लाख ३५ हजार ३१० कित्ता शेयर ३० कित्तादेखि ९ हजार ६२० कित्तासम्म आवेदन गरेका ३७ हजार ६२७ आवेदकमध्ये ३३ हजार ५३१ आवेदकलाई थप १० कित्ता बााडफाँड गरिएको हो।

यसरी पाँचथर पावरको आईपिओमा २० कित्तासम्म आवेदन गरेकाले माग अनुसारको नै शेयर प्राप्त गरेका छन् भने ३३ हजार ५३१ आवेदकले अधिकतम ३० कित्ता शेयर प्राप्त गरे। ३० कित्तादेखि ९ हजार ६२० कित्तासम्म आवेदन गरेका बाँकी ४ हजार ९६ आवेदकले २० कित्ता मात्र शेयर प्राप्त गरेका हुन्।

कम्पनीले फागुन १३ देखि १७ गतेसम्म आयोजना प्रभावितबाट अवितरित ७ लाख ८७ हजार ७ सय ५० कित्ता समेत जोडेर कूल १७ लाख ५० हजार २५० कित्ता साधारण शेयर निष्काशन गरेको थियो। यसमध्ये सामुहिक लगानी कोषलाई ८७ हजार ५१२ कित्ता र ९ हजार ५९८ कित्ता शेयर कर्मचारीलाई बाँडफाँड गरिएको छ । बाँकी रहेको १६ लाख ५२ हजार ८४० कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड गरिएको हो ।

कम्पनीले कर्मचारीका लागि ३५ हजार ५ कित्ता छुट्याइएको थियो तर कर्मचारीले २५ हजार ४०७ कित्ता शेयर खरिद नगरेपछि सर्वसाधारणमा थपिएको हो ।यसअघि सर्वसाधारणका लागि १६ लाख २७ हजार ७३३ कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको थियो।

पाँचथर पावरको आईपिओमा ८२ हजार ७४१ वटा आवेदबाट ३३ लाख ८१ हजार ८६० कित्ता शेयर माग भएको थियो। जसमध्ये ६७ आवेदनबाट परेको ७ हजार ५४० कित्ताको आवेदन रद्ध भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ।

सदर  भएकाे ८२ हजार ८७४ आवेदकबाट परेको ३३ लाख ७४ हजार ३२० कित्ताको आवेदनलाई बाँडफाँडमा सहभागि गराइएको थियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।