पाँचथर पावरको आईपिओ नतिजा मेरोलगानीमा

Mar 07, 2019 Merolagani

पाँचथर पावरकाे आईपिओ नतिजा मेरोलगानीमा प्रकाशित भएको छ। आईपिओमा २० कित्तासम्म आवेदन गरेकाले माग अनुसारको नै शेयर प्राप्त गरेका छन् भने ३० कित्तादेखि ९ हजार ६२० कित्तासम्म आवेदन गरेका ३३ हजार ५३१ आवेदकले ३० कित्ता शेयर प्राप्त गरे। यस्तै ३० कित्तादेखि ९ हजार ६२० कित्तासम्म आवेदन गरेका ४ हजार ९६ आवेदकले २० कित्ता मात्र शेयर प्राप्त गरेका हुन्।

नतिजा हेर्नको लागि मेरोलगानीको गृहपृष्ठमा रहेको आईपिओ (IPO) शिर्षकभित्र रहेको आईपिओ रिजल्ट (IPO RESULT) मा जानुहोस् ।

त्यसपछि  आईपिओ नतिजा हेर्नुपर्ने सम्बन्धित कम्पनी पाँचथर पावर छनौट गरि हितग्राही खाता नम्बर (बिओआईडि BOID) सेक्सनमा आफ्नो १६ अंकको डिम्याट नम्बर राखेर खोजी (SEARCH Botton) मा गएर आफुलाई आईपिओ पर्यो कि परेन हेर्न सक्नुहुन्छ

१० कित्ताको लागि आवेदन दिएका ३३ हजार ५६५ आवेदकलाई माग अनुसारको तीन लाख ३५ हजार ६५० कित्ता शेयर बाँडफाँड गरिएको छ भने २० कित्ताको लागि आवेदन गरेका ११ हजार ४८२ जनाले पनि २० कित्ता दरले मागे अनुसार नै २ लाख २९ हजार ६४० कित्ता शेयर प्राप्त गरेका छन् ।

आईपिओमा ३० कित्तादेखि ९ हजार ६२० कित्तासम्म आवेदन गरेका ३७ हजार ६२७ आवेदकलाई समानुपातिक रुपमा २० कित्ता शेयर बाँडफाँड गरिएको हो । यसरी बाँडफाँड गरेर बाँकी रहेको ३ लाख ३५ हजार ३१० कित्ता शेयर ३० कित्तादेखि ९ हजार ६२० कित्तासम्म आवेदन गरेका ३७ हजार ६२७ आवेदकमध्ये ३३ हजार ५३१ आवेदकलाई थप १० कित्ता बाँडफाँड गरिएको हो।

कम्पनीले फागुन १३ देखि १७ गतेसम्म आयोजना प्रभावितलाई शेयर निष्काशन गर्दा बिक्रि नभएको ७ लाख ८७ हजार ७ सय ५० कित्ता समेत जोडेर कूल १७ लाख ५० हजार २५० कित्ता साधारण शेयर निष्काशन गरेको थियो । यसमध्ये सामुहिक लगानी कोषलाई ८७ हजार ५१२ कित्ता र ९ हजार ५९८ कित्ता शेयर कर्मचारीलाई बाँडफाँड गरिएको छ । बाँकी रहेको १६ लाख ५२ हजार ८४० कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड गरिएको हो ।

कम्पनीले कर्मचारीका लागि ३५ हजार ५ कित्ता छुट्याइएको थियो तर कर्मचारीले २५ हजार ४०७ कित्ता शेयर खरिद नगरेपछि सर्वसाधारणमा थपिएको हो ।यसअघि सर्वसाधारणका लागि १६ लाख २७ हजार ७३३ कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको थियो।

पाँचथर पावरको आईपिओमा ८२ हजार ७४१ वटा आवेदबाट ३३ लाख ८१ हजार ८६० कित्ता शेयर माग भएको थियो । जसमध्ये ६७ आवेदनबाट परेको ७ हजार ५४० कित्ताको आवेदन रद्ध भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । सदर ८२ हजार ८७४ आवेदकबाट परेको ३३ लाख ७४ हजार ३२० कित्ताको आवेदनलाई बाँडफाँडमा सहभागि गराइएको थियो। फागुन २३ गते बिहिबार बिक्री प्रबन्धक सानिमा क्यापिटले बाँडफाँड गरेको हो । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।