कम्पनीले कूल २ लाख ६९ हजार ६३० कित्ता साधारण शेयर निष्काशन गरेको हो। जसमध्ये ४ हजार १४८ कित्ता (०.५ प्रतिशत) लघुवित्तका कर्मचारी र सामूहिक लगानी कोषलाई १३ हजार ४८२ (५ प्रतिशत) छुट्टाइएको छ । बाँकी २ लाख ५२ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन गर्न सक्नेछन्।
एक हजार रुपैयाँदेखि आवेदन गर्न सकिने
आईपिओमा न्यूनतम १० कित्ता अर्थात एक हजार रुपैयाँदेखि अधिकतम एक हजार ३४० कित्ता अर्थात एक लाख ३४ हजार रुपैयाँसम्म आवेदन गर्ने सकिने व्यवस्था रहेको छ । तर १० कित्ता शेयर नै गोलाप्रथाबाट बाँडफाँड हुने भएकाले लघुवित्तको आइपिओमा एक हजारको आवेदन नै प्रयाप्त हुने देखिन्छ ।
स्पर्श लघुवित्तको आईपिओ निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट सि आश्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । मेरो शेयर प्रयोगकर्ताले पनि यस सफ्टवेयरबाट आईपिओ भर्ने सुविधा रहेको छ ।
लघुवित्तको आईपिओ छिटोमा फागुन २९ गते बन्द हुनेछ भने आवश्यक माग नपरेको खण्डमा भने चैत २५ गतेसम्म आवेदन खुला रहनेछ ।
आईपिओ जारी गरेपछि लघुवित्तको चुक्ता पूँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँ पुग्नेछ। शेयर निष्काशन पश्चात लघुवित्तको शेयर स्वामित्व अनुपात साधारण शेयरको ३२.५० प्रतिशत र संस्थापक शेयरको ६७.५० प्रतिशत कायम हुनेछ ।
यस्तो छ दोस्रो त्रैमासको प्रगति
स्पर्श लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ।
चुक्ता पूँजी ५ करोड ५० लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ८ लाख ३५ हजार रुपैयाँ सञ्चित छ। यस अवधिमा लघुवित्तको खराब कर्जा अनुपात ०.५१ प्रतिशत छ।
यस्तो छ मुनाफा प्रक्षेपण
चालु आर्थिक वर्षको अन्त्यमा कम्पनीले एक करोड ४२ लाख ६६ हजार, २०७६/७७ मा २ करोड ७५ लाख २५ हजार र आव ०७७/७८ मा ३ करोड ९० लाख खुद नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ ।
यस्तै कम्पनीको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको अन्त्यमा वार्षिक १५ रुपैयाँ ८५ पैसा, २०७६/७७ मा २५ रुपैयाँ ४९ पैसा र आव ०७७/७८ मा २८ रुपैयाँ ८९ पैसा कायम हुने कम्पनीको अनुमान छ ।