एक्सेलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, हकप्रदबाट पूँजी वृद्धि गर्दै

Mar 10, 2019 Merolagani

एक्सेल डेभलपमेन्ट बैंक (EDBL) को १७ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा र लाभांश प्रयोजनका लागि फागुन २७ गतेदेखि शेयरधनी दर्ता किताब बन्द गर्दैछ। यसअनुसार आइतबारसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन्।

बुकक्लोजको अघिल्लको कारोबार दिसम्म कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने भएकाले एक्सेलको लाभांश प्राप्त गर्न फागुन २६ गते आइतबारसम्म शेयरधनी कायम भैसक्नुपर्छ । बैंकको शेयरमूल्य फागुन २३ गते बिहीबार प्रतिकित्ता २९० रुपैयाँमा कारोबार भएको छ । 

बैंकले चैत ११ गते होटल होलिडे होम विर्तामोड, झापामा बिहान १० बजे आह्वान गरेको साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १७ प्रतिशत अर्थात ११ करोड ७७ लाख ५४ हजार ५७५ रुपैयाँ ७५ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।

भदौ ३१ गते सम्पन्न बैंक सञ्चालक समितिको २१३ औं बैंठकले आर्थिक वर्ष २०७४/७५ सम्मको वितरण योग्य सञ्चित रकमबाट १७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

हकप्रदबाट पूँजी बढाउने

यता गत आर्थिक वर्षको नाफाबाट नगद लभांश वितरण गर्न प्रस्ताव गरेको बैंकले क्षेत्रिय स्तरको विकास बैंकका लागि राष्ट्र बैंकले तोकेको आवश्यक हुने पूँजी कायम गर्न हकप्रद बिक्री गर्ने भएको छ ।

गत आर्थिक वर्षको नाफाबाट बोनसबाट पूँजी नबढाएर बैंकले हकप्रदको बोझ लगानीकर्तालाई थपेको हो । हाल बैंकको चुक्ता पूँजी ६९ करोड २६ लाख ७३ हजार ९७५ रुपैयाँ रहेको छ । बैंकले साधारण सभाको विशेष प्रस्तावमा यहि पूँजीको ५५ प्रतिशत हकप्रद शेयर जारी गर्ने राखेको छ ।

साधारण सभाले पारित गरेपश्चात धितोपत्र बोर्डबाट स्वीकृती पश्चात हकप्रदको लागि फेरि बुकक्लोज गरेर मात्र हकप्रद निष्काशन हुनेछ।

सो हकप्रद (३८ करोड ९ लाख ७० हजार ६८६.२५ रुपैयाँको) जारी पश्चात बैंकको चुक्ता पूँजी एक अर्ब आठ करोड ३६ लाख ४४ हजार रुपैयाँ पुग्नेछ ।

यसैगरि तेह्रौं वार्षिक साधारण सभामा बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने सम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव छलफल गरि पारित गर्नेछ भने एक अर्ब अधिकृत पूँजीबाट बढाएर एक अर्ब ५० करोड रुपैयाँ पुर्याउने प्रस्ताव अनुमोदन गर्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।