जापानी क्योदाइ रेमिट्यान्स आइएमईको सेवाग्राहीलाई बीमा सुविधा

Mar 10, 2019 Merolagani

क्योदाइ रेमिट्यान्स आइएमईले ग्राहकलाई दुर्घटना जीवन बीमा सुविधा दिने भएको छ । आइएमईले ‘तपाईंको कमाइ अनी परिवारको सुरक्षा सँगसँगै’ भन्ने नाराका साथ आफ्ना सेवाग्राहीका लागि दुर्घटना जीवन बीमा योजना ल्याएको हो ।

यस योजना अन्तर्गत सेवाग्राहीले जापानबाट क्योदाइ रेमिट्यान्स मार्फत परिवारका सदस्य वा अन्य ब्यक्तिलाई पैसा पठाउँदा नेपालमा भुक्तानी पाउने ब्यक्तिले भुक्तानी पाएको दिन देखि पाँच लाख रुपैयाँको एकबर्षे दुर्घटना जीवन बीमा सुविधा पाउनेछ ।

क्योदाइ रेमिट्यान्स् आइएमईले आफ्ना सेवाग्राहीले गर्ने प्रत्येक कारोबारमा बोनस पोइन्ट दिने गरेको छ । यो दुर्घटना जीवनबीमा योजना ४० वा सोभन्दा बढी बोनस पोइन्ट हुने सेवाग्राहीमा मात्र लागु हुने कम्पनीले जनाएको छ ।

त्यस आधारमा जनवरी महिनामा जापानबाट नेपालमा पठाएको पैसाको भुक्तानी लिनुहुनेहरु मध्येबाट २,१३७ जनालाई बीमा सुविधा प्राप्त हुनेछ । सम्पूर्ण बीमितहरुको नामाबली कम्पनीको अधिकारिक फेसबूक पेजमा प्रकाशित गरीएको कम्पनीले जनाएको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।