स्पर्श लघुवित्तको आईपिओमा पहिलो दिनमै पर्यो ८.३३ गुणा आवेदन

Mar 10, 2019 Merolagani

स्पर्श लघुवित्त वित्तीय संस्थाको आईपिओमा पहिलो दिनमा नै ८.३३ गुणा बढी आवेदन परेको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आइतबार ७५ हजारले आवेदन गरेका छन्।

लघुवित्तले सर्वसाधारणका लागि दुई करोड ५२ लाख रुपैयाँ बराबरको २ लाख ५२ हजार कित्ता शेयर निष्काशन गरेकोमा २१ लाख कित्ता शेयर माग गरिएको छ। आइतबार मात्रै ७५ हजार आवेदकले २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता शेयर माग गरेका छन् ।

कम्पनीले जारी पूँजीको ३० प्रतिशत २ करोड ६९ लाख ६३ हजार रुपैयाँ बराबरको आईपिओ निष्काशन गरेको हो । जसमध्ये ४ हजार १४८ कित्ता (०.५ प्रतिशत) लघुवित्तका कर्मचारी र सामूहिक लगानी कोषलाई १३ हजार ४८२ (५ प्रतिशत) छुट्टाइएको छ । बाँकी २ लाख ५२ हजार कित्ता शेयरका लागि सर्वसाधारणले निष्काशनमा ल्याएको हो ।

आईपिओमा न्यूनतम १० कित्ता अर्थात एक हजार रुपैयाँदेखि अधिकतम एक हजार ३४० कित्ता अर्थात एक लाख ३४ हजार रुपैयाँसम्म आवेदन गर्ने सकिने व्यवस्था रहेको छ ।

इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट सि आश्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । मेरो शेयर प्रयोगकर्ताले पनि यस सफ्टवेयरबाट आईपिओ भर्ने सुविधा छ ।

लघुवित्तको आईपिओ पहिलो दिन नै माग भन्दा बढी आवेदन परेकोले फागुन २९ गते बन्द हुनेछ ।

आईपिओ जारी गरेपछि लघुवित्तको चुक्ता पूँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँ पुग्नेछ । शेयर निष्काशन पश्चात लघुवित्तको शेयर स्वामित्व अनुपात साधारण शेयरको ३२.५० प्रतिशत र संस्थापक शेयरको ६७.५० प्रतिशत कायम हुनेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।