नबिल बैंकको एजिएम आज, शेयर संरचना परिवर्तन र लाभांश वितरण मुख्य एजेण्डा

Mar 11, 2019 Merolagani

नबिल बैंक (NAbil) ले फागुन २७ गते सोमबार (आज) ३४ औं वार्षिक साधारण सभा सम्पन्न गर्दैछ। बैंकले सभामा गत आर्थिक वर्षको नाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको ३४ प्रतिशत लाभांश परित गर्नुका साथै १० प्रतिशत संस्थापक शेयर साधारण शेयरमा रुपान्तरण गर्ने मुख्य प्रस्ताव गरेको छ।

नबिलले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा साढे ११ बजे साधारण सभा डाकेको छ। सभाले बैंक सञ्चालक समितिले प्रस्ताव गरिको २२ प्रतिशत नगद तथा १२ प्रतिशत बोनस सहित कूल ३४ प्रतिशत लाभांश पारित गर्दैछ।

साधारण सभाका लागि बैंकले फागुन १४ गते शेयरधनी दर्ता पुस्तिका बन्द गरेकाले फागुन १३ गतेसम्म कायम शेयरधनीले मात्र उक्त लाभांश पाउनेछन् । 

यस्तै संस्थापक शेयरधनी एनआईडिसी डेभलपमेन्ट बैंकले यसअघि बिक्री गरेको १० प्रतिशत (८० लाख ३७ हजार २९ कित्ता) शेयर संस्थापक शेयरलाई साधारण शेयरमा परिणत गर्ने प्रस्ताव पनि अनुमोदन गर्दैछ । बैंकले सो शेयर रुपान्तरण गर्न नियामक निकाय राष्ट्र बैंकबाट स्वीकृती प्राप्त भैसकेको जनाएको छ ।

यस्तै अन्य एजेण्डाहरुको बैंकको प्रबन्धपत्र तथा नियमावली संसोधन तथा आवश्यक संसोधनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र नाफा नोक्सानी हिसाब सहित बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ्गको सहित एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने लगायतका रहेका छन् ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४ करोड ३२ लाख २१ हजार रुपैयाँ छ । १२ बोनसपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८४ लाख ७ हजार ५२० रुपैयाँ पुग्नेछ ।

चालु आवको दोस्रो त्रैमासमा नबिलले २ अर्ब १७ करोड ६८ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाए। वार्षिक प्रतिशेयर आम्दानी ५४ रुपैयाँ २८ पैसा कायम गरेको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।