प्राप्त पछिल्लो जानकारी अनुसार विमानमा यात्रारत ३२ जना केन्याली, १८ जना क्यानडाली, नौ जना इथियोपियाली नागरिकको मृत्यु भएको इथियोपियाली अधिकारीले बताएका छन् ।
त्यस्तै विमानमा सवारमध्ये चीन, इटाली र संयुक्त राज्य अमेरिकाका आठ–आठ जना रहेका थिए भने बेलायत, फ्रान्सका सात–सात जना रहेका थिए । यस्तै इजिप्टका छ, नेदरल्याण्डका पाँच तथा भारत र स्लोभाकियाका चार–चार जना विमानमा रहेका कम्पनीले जानकारी गराएको छ ।
विमान दुर्घटनामा परी अष्ट्रिया, रसिया र स्वीडेनका तीन–तीन जना, इजरायल, मोरोक्को पोल्याण्ड र स्पेनका दुई–दुई जना रहेका छन् भने बेल्जियम, जिबोटी, इन्डोनेशिया, आएरल्याण्ड, मोजाम्बिक, नेपाल, नाइजेरिया, नर्वे, रूवाण्डा, साउदी अरब, स्लोभानिया, सोमालिया, सुडान, टोगो, युगाण्डा र यमनका एक–एक जनाको मृत्यु भएको छ ।
इथियोपियाली विमान कम्पनीको बोइङ ७३७–८०० म्याक्स अदिस अबाबा बोल इन्टरनेशनल एअरपोर्टबाट विहान ८ः३८ मा उडेको र उडेको ६ मिनेटपछि नै विमानको टावरसँग सम्पर्क विच्छेद भएको विमान कम्पनीले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । विमान इथियोपियाको राजधानी अदिस अबाबाबाट ४५ किलोमिटर दक्षिणपूर्वमा अवस्थित बोसोफ्टु शहर नजिकै दुर्घटनाग्रस्त भएको बताइएको छ ।
को हुन् एकता अधिकारी ?
आइतबार दुर्घटनाग्रस्त इथोपियन एयरलाइन्समा ज्यान गुमाउने एकता अधिकारी गोरखा जिवासी हुन् । उनि इथोपियाको अदिसअबाबास्थित विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) कार्यालयमा सप्लाई चेन अफिसरको रुपमा कार्यरत रहेकी थिइन् ।
सुरुमा डब्ल्यूएफपी एकता सूचना व्यवस्थापन अधिकृतका रुपमा सेप्टेम्बर २०१८ मा कार्यरत रहेकोमा गत डिसेम्बरदेखि उनि सप्लाई चेन अफिसरको भएकी थिइन्।
डब्लूएफपीकै बैठकमा सहभागी हुन जाने क्रममा विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा डब्ल्यूएफपीका अन्य कर्मचारीहरु पनि परेका छन्।