साना किसान लघुवित्त र ग्रामिण स्वाबलम्बन कोष मर्ज हुने, अर्थमन्त्रीले भने, 'साना किसान सधै सानै भैरहनु पर्दैन'

Mar 11, 2019 Merolagani

लघुवित्तको ब्यादरमा पनि अर्थमन्त्रीको चासो
साना किसान लघुवित्त वित्तीय संस्था र ग्रामिण स्वाबलम्बन कोष एकआपसमा गाभीने भएका छन् । साना किसान लघुवित्तको १८ औं वार्षिकोत्सव कार्यक्रमलाई संबोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यि दुई संस्थाबीच मर्जर वा एकिकृत कारोबार गर्न कार्यविधि स्वीकृत भएर प्रकृया अघि बढेको जनाकारी गराएका हुन् ।

उनले भने, ‘यस संस्थाको क्षमता बढाउन नेपाल राष्ट्र बैंकमा रहेको ग्रामिण स्वाबलम्बन कोषसंग मर्ज गर्न अथवा एकिकृत कारोबार गर्नलाई प्रकृया अगाडि बढ्यो । त्यसको कार्यबिधि स्वीकृत भैसकेको छ । संयोगले आज म यहाँ आउनु भन्दा अगाडि त्यस समबन्धी फाइलमा हस्ताक्षर गरेर पठाएको छु ।’

बैदेशिक स्रोतको विषयमा पनि धेरै दातृनिकायहरुसंग छलफल भैरहेको अर्थमन्त्री खतिवडाले जानकारी गराए । ‘सस्तो व्याजदरमा कर्जा उपलब्ध गराउने प्रकृया चलिरहेको छ । कतिपय कुराहरु अन्तिम चरणमा पुगिसकेका छन् ।’ उनले भने । साथै उनले व्याजदरको विषयमा लघुवित्त संस्थालाई जिम्मेबार बन्न निर्देशन समेत दिए ।

साना किसान अब सधै सानै भैरहनु नपर्ने बताउदै संस्थाको स्तरोन्नती आवश्यक रहेको अर्थमन्त्री खतिवडाको भनाई छ ।लघुवित्त संस्थाहरुको स्तरोन्नती सरकारले पहल गर्दै आइरहेको उनले जानकारी गराए । ‘घ’ वर्गका वित्तीय संस्थाहरु मिलेर ‘ख’ वर्गको वित्तीय संस्था हुन सक्ने गरि संभावनाहरु खोज्दै रहेको पनि मन्त्री खतिवडाले जानकारी गराए ।

यस्तै वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/०७६ को अर्धवार्षिक अवधिमा २३ करोड ९१ लाख खुद मुनाफा गरेर संस्थाको अधिकृत तथा जारी पूँजी एक अर्ब र चुक्तापुँजी ७८ करोड ६० लाख ३५ हजार पुगेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइराला जानकारी गराए ।

यस अवधिको लघुवित्तको प्रति शेयर आम्दानी ५० रुपैयाँ ०१ पैसा, प्रति शेयर बुक नेटवर्थ २५० रुपैयाँ ७० पैसा मुल्य आम्दानी अनुपात २३.२० गुणा बढी छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।