सर्पोट माइक्रोफाइनान्स पनि मर्जर पार्टनरकाे खाेजीमा, हकप्रदबाट पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव

Mar 12, 2019 Merolagani

सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था (SMB) ले मर्जरमा जाने विशेष प्रस्ताव सहित साधारण सभा बोलाएको छ। माइक्रोफाइनान्सको सञ्चालक समितिको फागुन २७ गते बसेको बैठकले चैत २३ गते माँ कामख्या होटल त्रियुगा, इटहरी सुनसरीमामा चौथो साधारण सभा डाकेको हो।

साधारण सभामा लघुवित्तले अन्य कुनै उपयुक्त लघुवित्त संस्था एक आपसमा गाभ्ने÷गाभिने वा प्राप्ती गर्ने गराउने कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । 

यस्तै हाल कायम चुक्ता पूँजी ६ करोड रुपैयाँको ६६.६६ प्रतिशत अर्थात ३ः२ अनुपातमा (तीन कित्ता बराबर दुई कित्ता) हकप्रद जारी गरेर चुक्ता पूँजी १० करोड रुपैयाँ बनाउने प्रस्ताव पेश गर्दैछ।

लघुवित्त संस्थाले प्रबन्धपत्र तथा नियमावली संशोधनको तयारी पनि गरेको छ। प्रबन्धपत्रमा संस्थाले बीमा अभिकर्ता भई काम गर्ने र विप्रेषण तथा विद्युतीय मुद्रा सम्बन्धी कार्य गर्न साधारण सभामा थप्ने प्रस्ताव गर्दैछ।
यस्तै साधारण सभाले संस्थाको नाम तथा केन्द्रिय कार्यालयको ठेगाना परिवर्तन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व हुनेगरी दुइजना सञ्चालकको निर्वाचन समेत साधारण सभाबाट हुनेछ ।
साधारण सभा प्रयोजनको लागि लघुवित्तले चैत ७ गते देखि २३ गते सम्म शेयर कारोबार दाखिल खारेज (बुक लोज) गर्ने जनाएको छ। त्यस अनुसार चैत ५ गते सम्म कायम शेयरधनी सााधारण सभामा सहभागि हुन पाउनेछ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।