इन्फ्रास्ट्रक्चर बैंक क्लियरिङ्ग हाउसको अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा

Mar 12, 2019 Merolagani

इन्फ्रास्ट्रक्चर बैंक नेपाल क्लियरिङ्ग हाउसको विद्युतीय चेक क्लियरिङ्ग प्रणाली र अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा आबद्ध भएको छ। यस सम्बन्धमा नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र नेपाल इन्फ्रास्ट्रक्चर बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द« पाण्डेले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार नेपाल इन्फ्रास्ट्रक्चर बैंकका सेवाग्राहीले क्लियरिंग हाउसको प्रणाली मार्फत कम्पनीसँग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा विद्युतीय माध्यम मार्फत चेक राफसाफ तथा कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता अन्तरबैंक कारोबारहरु पूर्णतया रुपमा संचालन गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ । 

comments powered by Disqus

शिवम् सिमेन्टको शेयर सूचीकरण, कतिमा खुल्छ कारोबार ?

Mar 19, 2019

शिवम सिमेन्ट (SCL) को चैत ५ गते मंगलबार ४ करोड ४० लाख कित्ता शेयर सूचीकृत भएको छ। कम्पनीले मंगलबार नेप्सेसँग काराेबारका लागि सूचीकरण सम्झौता गरेसँगै बिहीबारदेखि कारोबार हुनेछ। बुधबार फागु पूर्णिमाको सार्वजनिक विदा परेकाले चैत ७ गते बिहीबार मात्रै नेप्सेमा कारोबार खुल्ने भएकाे हाे।