६० मेगावाटको त्रिशूली थ्री ‘ए’ अन्तिम चरणमा,असारभित्रै उत्पादन गर्ने

Mar 13, 2019 RSS

रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादन गृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आगामी असारभित्रै विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको आयोजनाको समग्र काम हाल ९० प्रतिशत पूरा भएको आयोजना प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिए ।

उनका अनुसार आयोजनाको सिभिलतर्फ ९८ प्रतिशत, इलेक्ट्रोमेकानिकलतर्फ ७५ प्रतिशत र हाइड्रोमेकानिकलतर्फ ८८ प्रतिशत एवं प्रसारण लाइन विस्तारको कार्य ९५ प्रतिशत काम पूरा भएको छ ।

“आयोजना बनाउन निर्माण व्यवसायीलाई दिइएको समय सीमाभित्र कार्य सम्पन्न गराउन सहजीकरण र दबाब कायम राखेका छौँ ।”, उन्ले भने, “३०–३० मेगावाट क्षमताका दुईमध्ये एउटा टर्बाइन वैशाखभित्र र दोस्रो असारभित्रै सञ्चालन गरी बिजुली उत्पादन गर्न सक्ने अवस्थामा पुग्न लागेका छाँै ।”

आयोजनाको मुख्य संरचना हेडवक्र्स (बाँध), सुरुङ तथा विद्युत् गृहको परीक्षण आगामी चैत १ देखि शुरु गर्न लागिएको आयोजनाका उपप्रबन्धक इञ्जिनीयर सत्यराम ज्याख्वाले जानकारी दिउ । वैशाख १५ सम्म परीक्षण समयअवधी लाग्ने र त्यसलगत्तै विद्युत् उत्पादन शुरु गर्ने गरी निर्माणलाई तिव्र बनाइएको छ ।

३० मेगावाट विद्युत्  वैशाख १७ गतेबाट उत्पादन शुरु गर्ने

“आयोजनाबाट ३० मेगावाट विद्युत् विसं २०७६ वैशाख १७ गतेबाट उत्पादन शुरु गर्ने लक्ष्य छ”, उन्ले भने, “विभिन्न माग राख्दै स्थानीयवासीको अवरोध र क्षमता वृद्धि सम्बन्धमा पटक–पटक काममा अवरोध व्यहोरेको यस आयोजनामा विनासकारी भूकम्प र भारतीय नाकाबन्दीको थप प्रभावका कारण ढिलो गरेर निर्माण सम्पन्न नजिक पुगेको हो ।”

आयोजनाको पछिल्लो प्रगतिको सम्बन्धमा चासो राख्न दुई साता अघि आयोजनास्थल मनकामनास्थित सिम्ले पुग्नुभएका उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तोकिएको समयमा काम सक्न निर्देशन दिएपछि जारी रहेको निर्माण कार्यलाई थप तिव्र बनाएर तोकिएको समयमा विद्युत् उत्पादनको तयारी थालिएको छ ।

उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनसम्म जडानको लागि त्रिशूली–काठमाडौँ २२० केभी ‘डलब सर्किट’ प्रसारण लाइन निर्माणको समन्वयन र व्यवस्थापनको जिम्मेवारी थ्री ‘ए’ मार्फत भइरहेको छ ।

उक्त कार्य हाल ९५ प्रतिशत पूरा भइसकेको छ । सो आयोजनाको निर्माण चाइना गेजुवा गु्रप अफ कम्पनी ९सिजिजिसी०ले गरिरहेको छ । उक्त कम्पनीले सन् २०११ जुनदेखि काम शुरु गरेको हो । निर्माणको लागि सो कम्पनीसँग इञ्जिनियरिङ, प्रोक्युरमेन्ट एवं कन्स्ट्रक्सन (इपिसी) अवधारणामा सम्झौता भएको हो ।

विसं २०७२ वैशाख १२ को विनासकारी भूकम्पले धेरै क्षति पु¥याएको यस आयोजनाको मुख्य संरचना निर्माणमा निर्माण व्यवसायीलाई हालसम्म कुनै ‘भेरिएशन’ दिइएको छैन । भूकम्पले आयोजनाको बाँधस्थलसम्म पुग्ने पहुँच मार्गमा पु¥याएको ठूलो क्षतिको पुनःनिर्माण र त्यहाँ दीर्घकालीन रुपमा पहिरो रोकथामसम्बन्धी कार्यको लागि भने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुुसार नेपाली सेनाबाट काम भइरहेको छ ।

त्रिशूली नदीको पानीबाट ‘रन अफ रिफर’ मोडलमा निर्माण भएको यस आयोजनाबाट वार्षिक ४८९।७६ गिगावाट घण्टा विद्युत् उत्पादन हुने लक्ष्य छ । आयोजना पूर्ण रुपमा सञ्चालन आए पश्चात यहाँबाट उत्पादन हुने विद्युत्बाट वार्षिक करीब रु तीन अर्ब आम्दानी गर्दछ ।

त्रिशूली नदीस्थित रसुवाको डाँडागाउँमा बाँध बनाएर नुवाकोटको मनकामनामा उत्पादन गृह रहेको आयोजनाको निमार्ण सबै भूमिगत (पहाडभित्र) बनाइएको छ । आयोजनाबाट साढे आठ महीना पूर्ण रूपमा (६० मेगावाट) विद्युत् उत्पादन हुनेछ । कुल उत्पादनको ४६.६ प्रतिशत विद्युत् सुख्खायाममा उत्पादन हुने भएकाले मुलुकको लागी आवश्यक विद्युत् परिपूर्ति गर्न यस आयोजनालाई महत्वका रुपमा हेरिएको आयोजनाका उपप्रबन्धक ज्याख्वाले जानकारी दिउ ।

उन्का अनुसार सो आयोजना सम्पन्न पश्चात सहायक योजना (क्यासकेड) मार्फत ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘बी’ आयोजना सञ्चालनमा ल्याउन निर्माण कार्य अघि बढाइएको छ । थ्री ‘बी’लाई तीन वर्षभित्र पूरा गर्नेगरी गत वर्षको फागुनबाट निर्माण थालिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।