युरोपेली युनियनबाट बेलायत बाहिरिने (ब्रेक्जीट) प्रस्ताव फेरि अस्वीकृत

Mar 13, 2019 RSS

बेलायती तल्लो सदन हाउस अफ कमन्सले प्रधानमन्त्री थेरेसा मेद्वारा प्रस्तुत युरोपेली युनियनबाट बेलायत बाहिरिने (ब्रेक्जीट)  सम्बन्धी नयाँ प्रस्ताव फेरि बहुमतले अस्वीकृत गरेको छ । प्रधानमन्त्री मेले गत जनवरीमा ल्याएको पहिलो प्रस्ताव भारी बहुमतले अस्वीकृत गरेको थियो ।

आगामी मार्च २९ मा बेलायत युरोपेली युनियनबाट औपचारिक रुपमा बाहिरिने कार्यक्रम छ । अर्थात उक्त मितिदेखि इयूका नियमहरू बेलायतमा लागू हुने छैनन् । त्यसअघि नै इयूसँग सम्झौता गर्ने प्रधानमन्त्री मेको दोस्रो प्रस्ताव असफल भएको हो ।

मङ्गलबार राति भएको मतदानमा प्रधानमन्त्रीको प्रस्ताव ३९१–२४२ ले अस्वीकृत भयो । प्रधानमन्त्री मेले नयाँ प्रस्तावमा इयूबाट कानुनी प्रत्याभूति प्राप्त भएको भन्दै संसदले आफ्नो प्रस्ताव स्वीकृत हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

प्रस्ताव अस्वीकृत भएसँगै प्रधानमन्त्री मेले आफू निकै दुःखी भएको प्रतिक्रिया दिए ।

खासगरी, इयूको सदस्य राष्ट्र आयरल्यान्ड र बेलायतको प्रान्तको रूपमा रहेको उत्तरी आयरल्यान्डबीचको सीमा खुला राख्ने, बन्द गर्ने वा आंशिक खुला गर्ने भन्नेमा बेलायती संसदमा मतान्तर छ ।

आयरल्यान्ड र उत्तरी आयरल्यान्डबीच सीमा खुला राख्दा इयूका नियमहरू बेलायतले पनि मान्नुपर्ने कानुनी जटिलता उत्पन्न हुने एकथरि सांसदको मत छ । दुबै आयरल्यान्डबीच सदियौंदेखि खुला सीमा र स्वतन्त्र आवागमन छ ।

इयूसँग सम्झौता नगरीकनै बेलायत इयूबाट बहिर्गमन हुनुपर्ने बाध्यता उत्पन्न हुँदैछ । संसदमा बिहीबार ब्रेक्जीटको समयसीमा मार्च २९ लाइ बढाएर अरू तीन महिना थप्ने कि भन्ने विषयमा फेरि मतदान हुँदैछ ।

इयूसँग कुनै किसिमको सम्झौता बेगर नै बेलायत इयूबाट बाहिरिए बेलायतको अर्थतन्त्रमा ठूलो समस्या आउने विश्लेषण गरिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।