त्रिशुली जलविद्युत कम्पनीले ३७ लाख कित्ता आइपिओ निष्काशन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

Mar 13, 2019 Merolagani

त्रिशुली जलविद्युत कम्पनीले ३७ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले सरकारको जनताको जलविद्युत कार्यक्रम अन्र्तगत सर्वसाधारणलाई आईपिओ निष्काशन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

आइपिओ निष्काशनको अनुमति माग्दै कम्पनीले फागुन २९ गते बुधबार धितोपत्र बोर्ड पुगेको हो । कम्पनीले ३७ करोड ५ लाख रुपैयाँ बराबरको आइपिओ निष्काशन गर्नेछ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटल रहेको छ ।

यस अघि नै धितोपत्र बोर्डले जनताको जलविद्युत कार्यक्रमका लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ संशोधन गरेको छ । त्यस अनुसार अब सरकारको लगानीमा बन्ने जलविद्युत परियोजनाहरुमा सर्वसाधारणहरुबाट अग्रिम पूँजी संकलन गर्न सकिनेछ ।

शेयर खरिद गर्न चाहने शेयर मूल्यको १० प्रतिशत रकम भुक्तानी गरेर आबेदन गर्न सकिने व्यवस्था छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।