शिवम सिमेन्टस् लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सजन देवकोटा नियुक्त

Mar 13, 2019 Merolagani

शिवम सिमेन्टस्ले प्रमुख कार्यकारी अधिकृतमा सजन देवकोटालाई नियुक्त गरेको छ । देवकोटाले विगत २२ वर्ष देखि नेपालको विभिन्न उद्योग तथा मल्टिनेशनल कम्पनीहरुको व्यवस्थापकिय कार्य अनुभव हासिल गरेका छन् । साथै उनी करिव ४ वर्ष देखि शिवम सिमेन्टमा आवद्ध छन् ।

नव नियुक्त प्रमुख कार्यकारी अधिकृत देवकोटा लामो समय देखि नेपाली विभिन्न उद्योग तथा मल्टिनेशनल कम्पनीहरु नेस्टले ईण्डिया लिमिटेड, नेपाल लिभर लिमिटेड, वरुण वेभरेज नेपाल प्रा. लि., नेविको विस्कुट लिमिटेड, चौधरी ग्रुप नेपाल प्रा. लि .र शिवम सिमेन्टस् लि. समेत मा विभिन्न क्षेत्रको व्यवस्थापकीय कार्य अनुभव हासिल गरेका कुशल व्यवस्थापक रहेको कम्पनीले जनाएको छ ।

देवकोटाको कार्यकालमा कम्पनीले थप उचाई प्राप्त गरी नेपालको क्लिंकर तथा सिमेन्ट उद्योगको जगतमा शिवम सिमेन्टको सबै कोणबाट अग्रस्थान कायम राख्न सदा सफल हुने कम्पनीले विश्वास लिएको छ ।

देवकोटालाई शिवम सिमेन्टस् लिमिटेडको कम्पनी सञ्चालक समितिको ५१ औं बैठकले मिति २०७५ साल चैत्र १ गतेका दिन देखि लागु हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।