एनएमबि बैंकको ३० लाख कित्ता ऋणपत्र खुल्ला, कति पाइन्छ ब्याज ?

Mar 14, 2019 Merolagani

एनएमबि बैंकले बिहीबार देखि एक हजार रुपैयाँ अंकित दरमा तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र खुल्ला गरेको छ । दश वर्ष अवधिको ऋणपत्रमा बैंकले वार्षिक दश प्रतिशत ब्याज दिने छ । ब्याज भुत्तानी भने अर्धवार्षिक रुपमा हुने बैंकले जनाएको छ ।

बैंकको ऋणपत्र १० वर्षपछि परिपक्व भएपश्चात साँवा तथा ब्याज एकमुष्ट रुपमा भुक्तानी हुनेछ । बैंकले कूल निष्काशित ३० लाख कित्तामध्ये ४० प्रतिशतले हुन आउने १२ लाख कित्ता अर्थात बैंकले एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणका लागि जारी गरेको हो । बाँकी १८ लाख कित्ता अर्थात एक अर्ब ८० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट (प्राइभेट प्लेसमेन्ट) बिक्री हुने बैंकले जनाएको छ ।

’एनएमबि ऋणपत्र २०८५’ को निश्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमीटेड रहेको छ । इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता अर्थात २५ हजार रुपैयाँदेखि १२ लाख कित्ता अर्थात एक अर्ब २० करोड रुपैयाँसम्म आवेदन गर्न सकिनेछ ।

ऋणपत्रमा सि आश्वा प्रणाली मार्फ सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन गर्न सकिने व्यवस्था छ । ऋणपत्रको बिक्री छिटोमा चैत ४ गते तथा ढिलोमा चैत १४ गते बन्द गरिने बिक्री प्रबन्धकले जनाएको छ ।

बैंकको ऋणपत्रलाई क्रेडिट रेटिङ्गले न्युन जोखिम जनाउने अर्थात प्रयाप्त सुरक्षा सूचक रहेको ’इक्रा एनपि एलए माइनस’ ग्रडिङ्ग दिएको छ ।

एनएमबी बैंकले यसअघि ५० करोडको ऋणपत्र निश्काशन गरिसकेको थियो । नेपाल धितोपत्र बोर्डबाट बैंकले फागुन १४ गते दोस्रो पटक निष्काशन गर्न लागेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्काशनको अनुमति पाएको हो ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।