विप्लव समूहको बन्दले काठमाडाैं उपत्यका सहित देशभरको जनजीवन प्रभावित, नेप्से खुल्ने

Mar 14, 2019 Merolagani

सरकारले नियन्त्रणमा लिएका आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै नेत्र बिक्रम चन्द विप्लव समूहले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशैभर देखिएको छ । बन्द अह्वानका कारण लामो रुटमा चल्ने सवारी साधनहरु चलेका छैनन् भने काठमाडौं उपत्यका सहित देशका मुख्य शहरहरुमा सवारी चाप अन्य दिन भन्दा न्युन मात्रामा देखिएका छन् ।

संस्थागत विद्यालयहरुले बन्दकर्ताको त्रासका कारण बिहीबार सार्वजनिक बिदा दिएका छन् । जसका कारण पठन पाठन ठप्प बनेको छ । बन्दकर्ताले काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना ५ ख ७४११ नम्बरको ट्रेलर ट्रकमा गएराति मकवानपुरमा अगजनी गरेका छन् । 

मकवानपुर, पोखरा, प्युठान, दाङ, लगायत देशका विभिन्न स्थानहरुका शंकास्पद वस्तुहरु फेला परेका छन् । रुपन्देहीको वुटवलस्थित मुख्य राजमार्गमा राखएिको विस्फोटक पदार्थ नेपाली सेनाले निश्कृय पारेको छ । बन्दका कारण प्रदेश ५ सबैभन्दा बढी प्रभावित बनेको छ ।

सुरक्षा व्यवस्था कडा

विप्लव समूहले आह्वान गरेको नेपाल बन्द बिफल पार्न सरकारले देशैभरको सुरक्षा व्यवस्था निकै कडा बनाएको गृह मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यका सहित देशका मुख्य शहर तथा राजमार्गहरुमा बन्दको प्रभाव पर्न नदिन ठूलो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । सुरक्षा व्यवस्था मजबुत रहेको भन्दै सरकारले उद्योग, कलकारखाना नियमित रुपमा सञ्चालन गर्न र बन्दको अवज्ञा गर्न सबैसंग आग्रह गरेको छ ।
बन्दले शेयर बजारलाई प्रभाव नहुने
नेपाल बन्दको प्रभाव अन्य क्षेत्रमा देखिए पनि शेयर बजारमा भने कुनै असर नपर्ने नेप्सेले स्पष्ट पारेको छ । बन्द आह्वान गरिए पनि बिहीबार नेप्से खुल्ने नेप्सेका प्रवक्ता मुरारी पराजुली बताए ।

बन्दले शेयरबजारमा कुनै प्रवाभ नपर्ने भन्दै ढुक्क भएर नियमित रुपमा काम गर्न लगानीकर्ता तथा सम्बन्धि सबैलाई उनले आग्रह गरे । अनलाइन कारोबार सुरु भएका कारण पनि बन्दको प्रभाव शेयरबजारमा नपर्ने प्रवक्ता पराजुलीको भनाई छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।