पहिलाे चरणमा अपुग रोजगार संयोजक पदमा पुनःआवेदन खुल्याे, चैत ९ गते सम्म दरखास्त दिन सकिने

Mar 14, 2019 Merolagani

आवश्यक संख्यामा पदपूर्ति नभएपछि सरकारले रोजगार संयोजक पदमा पुनः आवेदन माग गरेको छ । सरकारले दाेस्राे पटक २४९ जना शाखा अधिकृत र १९ जना नायव सुब्बा गरी २६८ जना रोजगार संयोजकका लागि आवेदन माग गरेको हो ।

ईच्छुक उम्मेदवारहरुलाई चैत्र ९ गते भित्र प्रधानमन्त्री रोजगार कार्यक्रमको वेवसाईट www.pmep.gov.np मार्फत अनलाईन दरखास्त पेश गर्न आव्हान गरिएको छ ।

शाखा अधिकृत सरहको रोजगार संयोजकका लागि नेपाल सरकारबाट मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह वा सो सरह र नायब सुब्बा सरहको लागि कम्तीमा प्रवीणता प्रमाण पत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था छ ।

यस्तै दरखास्त दिने अन्तिम मितिमा २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको, भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी कुनै कारवाही नभएको हुनुपर्नेछ ।

बिस्तृत विवरण यहाँ हेर्नुहाेस्

 

 

 


comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।