बीमा कम्पनीलाई घरजग्गामा लगानी गर्न बाटो खुला,शेयरमा लगानी सीमा बढाइयाे

Mar 14, 2019 Merolagani

अरुण पाख्रिन । 

बीमा कम्पनीले सूचिकृत कम्पनीको साधारण शेयर र घरजग्गामा लगानी गर्न पाउने गरि बीमककाे लगानी निर्देशिका संशोधन भएको छ । बीमा समितिले संशोधन गरी बुधबार जारी गरेको लगानी निर्देशिका २०७५ अन्र्तगत आफ्नो कुल टेक्निकल रिजर्भको ५ प्रतिशत घरजग्गा व्यवसायमा लगानी गर्न सकिने व्यवस्था गरेको हो ।

बीमा कम्पनीहरुले धितोपत्र बोर्डबाट इजाजत प्राप्त विनिमय बजारमा सूचिकृत पब्लिक लिमिटेड कम्पनीहरुको साधारण शेयरमा १० प्रतिशत सम्म लगानी गर्न सक्नेछ । शेयर लगानी गरिने कम्पनीको चुक्ता पूँजीको ५ प्रतिशत भन्दा बढीहुने गरि भने लगानी गर्न नपाईने लगानी निर्देशिकामा उल्लेख छ ।

यस्तै नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्थाको अग्रधिकार शेयर र ऋणपत्रमा २० प्रतिशत सम्म वा लगानी गरिने कम्पनीको चुक्ता पूँजीको १० प्रतिशत मात्रै लगानी गर्न सकिने व्यवस्था छ ।

धितोपत्र बोर्डबाट स्वीकृत कम्पनीको ऋणपत्रमा र कृषि पर्यटन र जलस्रोत लगायतका पूर्वधारमा पब्लिक लिमिटेड कम्पनी संलचान गरिएको संस्थामा २०÷२० प्रतिशतसम्म ऋण वा पूँजी लगानी गर्न सकिन्छ ।

नागरिक लगानी कोष तथा म्युचुअल फण्डका लगानी योजनाहरुमा ५ प्रतिशत, राष्ट्र बैंकवाट अनुमति प्राप्त क र ख वर्गका बैंक तथा वित्तीय संस्थाहरुको मुद्धति निक्षेपमा २० प्रतिशत सम्म लगानी गर्न सकिने निर्देशिकाले व्यवस्था गरेको छ ।

यस्तै राष्ट्र बैंकवाट अनुमति प्राप्त ग वर्गका वित्तीय संस्थाहरुको मुद्धति निक्षेपमा १० प्रतिशत सम्म लगानी गर्न सकिनेछ तर निर्देशिकामा उल्लेख भएका शर्तहरु भने अनिवर्या पालना गर्नु पर्दछ ।

बीमा समितिले जीवन बीमा, निर्जीवन बीमा र पुनर्बीमा कम्पनीका लागि एउटै लगानी निर्देशिका जारी गरेको हो । अलग अलग समुहको लागि समितिले टेक्निकल रिजर्भको गणना मापदण्ड समेत अलग अलग निर्धारण गरिएको छ ।

संशाेधित निर्देशिका पढ्नुहाेस्

 

 


comments powered by Disqus

शिवम् सिमेन्टको शेयर सूचीकरण, कतिमा खुल्छ कारोबार ?

Mar 19, 2019

शिवम सिमेन्ट (SCL) को चैत ५ गते मंगलबार ४ करोड ४० लाख कित्ता शेयर सूचीकृत भएको छ। कम्पनीले मंगलबार नेप्सेसँग काराेबारका लागि सूचीकरण सम्झौता गरेसँगै बिहीबारदेखि कारोबार हुनेछ। बुधबार फागु पूर्णिमाको सार्वजनिक विदा परेकाले चैत ७ गते बिहीबार मात्रै नेप्सेमा कारोबार खुल्ने भएकाे हाे।