आईएमई जनरल इन्स्योरेन्सको लिलामी शेयर खरिद गर्ने बिहिबार अन्तिम दिन

Mar 14, 2019 Merolagani

आईएमई जनरल इन्स्योरेन्स (IGI)को एक लाख दुई हजार ३६४ कित्ता लिलामी शेयरमा आवेदन गर्ने फागुन ३० गते बिहिबार अन्तिम दिन हो । इस्योरेन्सले फागुन २२ गतेदेखि शेयर लिलामी बिक्रीमा ल्याएको हो ।

इन्स्योरेन्सले गत पुसमा चुक्ता पूँजीको ८० प्रतिशत अर्थात ४३ लाख २० हजार कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको थियो ।

जसमा एक लाख ७६६ कित्ता साधारण र एक हजार ५९८ कित्ता संस्थापक गरि कूल एक लाख दुई हजार ३६४ कित्ता अवितरित भएको शेयर अहिले लिलामी मार्फत बिक्री गरिरहेको छ ।

इच्छुक लगानीकर्ताले ग्लोबल आईएमई क्यापिटल, तथा ग्लोबल आईएमई बैंकको शाखा कार्यालयहरु वीरगञ्ज, हेटौंडा, बुटबल, विराटनगर, नेपालगञ्ज, सुर्खेत, धनगढी, र पोखराबाट लिलामी शेयरमा बोलपत्र पेश गर्न सक्ने व्यवस्था छ ।

बोलपत्र भर्दा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर पेश गर्नु पर्ने हुन्छ । न्यूनतम १०० कित्तादेखि माथि सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

बिहिबार इन्स्योरेन्सको शेयरमूल्य दोस्रो बजारमा प्रतिकित्ता ४१७ रूपैयाँको हाराहारीमा कारोबार भएको छ ।

हाल इन्स्योरेन्सको ५४ करोड रुपैयाँ चुक्ता पूँजी छ । हकप्रद पूँजीकरण पश्चात कम्पनीको चुक्ता पूँजी ९७ करोड २० लाख रुपैयाँ पुग्नेछ । बीमा समितिले निर्देशन अनुसार कम्पनीले न्यूनतम चुक्ता पूँजी एक अर्ब रुपैयाँ कायम गर्न अझै २ करोड ८० लाख रुपैयाँ बोनसबाट जुटाउनु पर्ने हुन्छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।