देवः विकास बैंक र एभरेष्ट इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता

Mar 14, 2019 Merolagani

देवः विकास बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकास्योरेन्स सेवा प्रदान सम्बन्धि सम्झौता भएको छ । देवः विकास बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठ र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

यस सम्झौता बाट बैंकका ग्राहकहरुले एभरेष्ट इन्स्योरेन्सका विभिन्न प्रकारका बीमा सेवा प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन् । सो सेवा देवः विकास बैंकका सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाइएको विज्ञप्तिमा उल्लेख छ ।

comments powered by Disqus

शिवम् सिमेन्टको शेयर सूचीकरण, कतिमा खुल्छ कारोबार ?

Mar 19, 2019

शिवम सिमेन्ट (SCL) को चैत ५ गते मंगलबार ४ करोड ४० लाख कित्ता शेयर सूचीकृत भएको छ। कम्पनीले मंगलबार नेप्सेसँग काराेबारका लागि सूचीकरण सम्झौता गरेसँगै बिहीबारदेखि कारोबार हुनेछ। बुधबार फागु पूर्णिमाको सार्वजनिक विदा परेकाले चैत ७ गते बिहीबार मात्रै नेप्सेमा कारोबार खुल्ने भएकाे हाे।