गण्डकी विकास बैंकबाट “एशियन लाइफ इन्स्योरेन्सको सुविधा लिन सकिने

Mar 14, 2019 Merolagani

एशियन लाइफ इन्स्योरेन्स र गण्डकी विकास बैंकबीच “जीवन बीमा सेवा“ सम्बन्धी सम्झौता भएको छ । जीवन बीमालाई सर्वसाधारणको पहुँचसम्म सजिलै पु¥याउने उद्देश्यले मिति फागुन ३० गते बिहिबार दुई संस्थाबीच सम्झौता भएको हो ।

संझौतापत्रमा एशियन लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र गण्डकी विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार गण्डकी विकास बैंकको ७७ वटा शाखाहरुबाट एशियन लाइफले प्रचलनमा ल्याएको सावधिक र म्यादी जीवन बीमा योजना गरी २० वटा जीवन बीमा योजनाहरु खरिद गर्न सकिनेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।