दिव्य लघुवित्तले कहिले निष्काशन गर्ला आईपिओ ? चार जना संचालक चयन

Mar 14, 2019 Merolagani

दिव्य लघुवित्त वित्तीय संस्थाको प्रथम बार्षिक साधारण सभाले नयाँ संचालक समिति चयन गरेको छ । साथै संस्थाले आगामी आर्थिक वर्षमा ३ करोड ३० लाख रुपैंयाको साधारण शेयर समेत निष्काशन गर्ने भएको छ ।

लघुवित्तको फागुन २५ गते काभ्रेको भकुण्डेवेशीमा सम्पन्न साधारण सभाले संचालक समितिको अध्यक्षमा जीवन भट्टराई र सदस्यहरुमा प्रकृतिराज तिमिल्सिना, महेश बहादुर बस्नेत, नचोङ गुरुङलाई निर्विरोध चयन गरेको हो ।

साधारण सभाले आगामी ४ बर्षका लागि सञ्चालक समिति चयन गरेको हो ।

नवनिर्वर्चित भट्टराई सेञ्चुरी कमर्सियल बैंकका प्रतिनिधि हुन् । फाल्गुण ३० गते लघुवित्तकाअध्यक्ष भट्टराईले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल समक्ष सपथ ग्रहण गरेका छन् ।

लघुवित्तको अधिकृत पूँजी २० करोड, जारी पूँजी ११ करोड र चुक्ता पूँजी ७ करोड ७० लाख रुपैयाँ छ । लघुवित्तले आगामी आर्थिक वर्षमा ३ करोड ३० लाख रुपैंयाको साधारण निष्काशन गरेर चुक्ता पूँजी ११ करोड रुपैंया पुर्याउनेछ ।

अहिले लघुवित्तमा सेञ्चुरी कमर्सियल बैंकको ३५.७१ प्रतिशत, कैलाश विकास बैंकको १५.२९ र व्यक्तिगत संस्थापकहरुको ४९ प्रतिशत शेयर स्वमित्व रहेको छ । साधारण शेयर निष्काशन पश्चात यो हिस्सा घट्नेछ ।
हाल लघुवित्तको १३ वटा शाखा कार्यालयहरु संचालनमा छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।