सामुदायिक लघुवित्तको साधारण सभा मिति ताेकियाे,यस्ता छन् एजेण्डा

Mar 15, 2019 Merolagani

सामुदायिक लघुवित्त वित्तीय संस्थाले पाचौँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी संचालक समितिको फागुन २९ गते बसेको १०४ औं बठकले चैत २४ गतेका लागि साधारण सभा बोलाएको हो ।

लघुवित्तको  साधारण सभाले संचालक समितिमा प्रतिनिधित्व गर्ने गरी संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना  र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना संचालकको निर्वाचन गर्नेछ । 

यस्तै संस्थाको चुक्ता पूँजी १० करोड रुपैयाँ कायम गर्ने र सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव समेत साधारण सभामा पेश गरिनेछ । मंसिरमा ३ लाख कित्ता आईपिओ निष्काशन गरेको कम्पनीको चुक्ता पूँजी दश करोड रुपैयाँ पुगिसकेको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत ११ गते देखि २४ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । चैत १० गते सम्म कायम शेयरधनी साधारण सभामा सहभागि हुन पाउनेछन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।