पचास प्रतिशत हकप्रद निष्काशन गर्न ग्रामीण विकास लघुवित्तलाई अनुमति

Mar 15, 2019 Merolagani

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले ५० प्रतिशत हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । लघुवित्तले १ः०.५ अनुपातमा ३२ लाख ७५ हजार कित्ता हकप्रद निष्काशन गर्न फागुन २९ गते अनुमति पाएको हो ।

हकप्रद निष्काशन गर्न कम्पनीले एनआईबिएल एस क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ । हाल ६५ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको हकप्रद जारीपछि ९८ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी पुग्नेछ ।

लघुवित्तले चालु आवको दोस्रो त्रैमासमा ११ करोड ३४ लाखरुपैयाँ खुद नाफा कमाएको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ६४ पैसा, प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ६५ पैसा र मूल्य आम्दानी अनुपात १२.२७ गुणा बढी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।