‘लेट्स पार्टी स्टार्टस्’ भन्दै फेसबुक लाइभ गरेर न्यूजिल्याण्डको मस्जिदमा आक्रमण, मृतक संख्या ४० पुग्याे

Mar 15, 2019 Merolagani

भाग्यले बाँचे बंगलादेशी क्रिकेट खेलाडी

न्यूजिल्याण्डको मस्जिदमा बन्दुकधारीले गरेको आक्रमणमा परेर ४० भन्दाबढीकाे ज्यान गएको छ । दुई वटा मस्जिदमा गरिएको आक्रमण बन्दुकधारीले फेसबुक मार्फत लाइभ गरेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

नमाज वाचनको समयमा भएको आक्रमणमा बालबालिकासहित ४० भन्दा धेरैको ज्यान गएको र ५०  जना भन्दा धेरै मानिसहरू घाइते अवस्थामा रहेकाे बताइएको छ। उनीहरू मध्ये २० जनाकाे अवस्था गंभिर छ ।

न्यूजिल्याण्डका प्रहरी प्रमुख माइक बुशले एक महिलासहित चार जना शंकास्पदलाई हिरासतमा लिइएको बताएका छन् । आक्रमणकारी २८ वर्षीय अष्ट्रेलियन युवक भएको बताइएको छ । ‘लेट्स पार्टी स्टार्टस्’ भन्दै फेसबुक लाईभ सुरु गरेर युवकले मस्जिदमा आक्रमण गरेको बताइएको छ ।

न्युजिल्याण्ड भ्रमणमा रहेकाे बंगलादेशी राष्ट्रिय क्रिकेट खेलाडीहरु घटना घटाइएकाे मस्जिदमा नमाज पढ्न जाने भनिए पनि अन्तिम समयमा राेकिएका थिए । उनीहरू सुरक्षित रहेकाे समाचारहरूमा उल्लेख छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।