चीनसँग व्यापार सम्झौताका लागि कुनै हतार छैनः ट्रम्प

Mar 15, 2019 Merolagani

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई चीनका साथ व्यापार सम्झौताका लागि कुनै हतार नभएको बताएका छन् । ट्रम्पले यो बयान यस्तो समयमा दिएका छन्, जब दुई देशका बीचको व्यापारिक तनाव सुल्झाउने विषयलाई लिएर वार्ता चलिरहेको छ ।

अमेरिका र चीनको व्यापार युद्धका कारण विश्वव्यापी अर्थतन्त्रमा नै प्रत्यक्ष प्रभाव परेका कारण दुवै पक्ष यसबारेमा गत वर्षको डिसेम्बर महिनादेखि नै वार्ता गरिरहेका छन् ।

यसै बीच चीनका राष्ट्रपति शी जिनपिंगले यस महिना फ्लोरिडामा ट्रम्पका साथ मार–अ–लागो रिसोर्टमा हुने भनिएको सम्भावित भेटवार्तालाई स्थगित गरिदिएका छन् ।

यसै सम्बन्धमा ट्रम्पले भने, मलाई लाग्छ कुरा सही दिशामा अगाडि बढीरहेको छ । अब यो कुरा कहिले पूरा हुनेछ हामी पनि हेरौँला । चीनसँग व्यापार सम्झौताका लागि मलाई कुनै हतार पनि छैन र म केबल यति चाहन्छु कि, सम्झौता सही होस्, जुन महत्वपूर्ण रहेको छ । कसैले म हतारमा छुँ भन्ने कसले हल्ला फैलायो मलाई थाहा छैन ।

ट्रम्पले आफूलाई शुल्कका कारण अरबौँ–खरबौँ डलर प्राप्त भइरहेका कारण कुनै प्रकारको हतारो नभएको बताए । उनले भने, सम्झौता सही हुन पर्याे र हाम्रो लागि उत्कृष्ट हुनपर्याे भन्ने हाम्रो मान्यता हो । एजेन्सी

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।