अझै ४२ स्थानीय तहमा पुगेनन् वाणिज्य बैंक, कर्णाली प्रदेशका १५ तह पहुँच बाहिर

Mar 15, 2019 Merolagani

चालु आर्थिक वर्षको सात महिनामा ७५३ स्थानीय तहमध्ये ७११ तहमा मात्रै वाणिज्य बैंकको पहुँच पुगेको छ । त्यस अनुसार अझै ४२ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुग्न सकेको छैन् ।

राष्ट्र बैंकको अनुसार सात प्रदेश मध्ये प्रदेश ५ को २ स्थानीय तहमा मात्रै शाखा विस्तार गर्न बाँकी छ । यस्तै प्रदेश २ र गडण्की प्रदेशको ३ स्थानीय तहमा अझै वाणिज्य बैंक पुग्न सकेको छन् ।

यसैगरी प्रदेश ३ को ५, सुदूरपश्चिम प्रदेशको ६, प्रदेश १ को ८ र कर्णाली प्रदेशको १५ स्थानीय तहमा वाणिज्य बैंक पुग्न सकेको छैन् ।

नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या माघसम्ममा १५७ पुगेको छ । असार मसान्त सम्ममा १५१ थियो ।

माघ मसान्त सम्ममा २८ वाणिज्य बैंक, ३३ विकास बैंक, २४ वित्त कम्पनी र ७२ लघुििवत्त वित्तीय संस्थाहरु संचालनमा छन् । यस अवधि सम्ममा बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ७ हजार ७३१ पुगेको छ ।

त्यसमा वाणिज्य बैंकको ३ हजार २६६, विकास बैंकको १ हजार १८१, वित्त कम्पनीको १९७ र लघुवित्त वित्तीय संस्थाको ३ हजार ८७ गरी ७ हजार ७३१ वटा शाखा पुगेको हो ।

यस अवधिमा कुल १६४ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ति प्रकृयामा सामेल भएका छन् ।

त्यस मध्ये १२२ वटा संस्थाहरुको इजाजत खारेज हुनगई ४२ संस्था कायम रहेको राष्ट्र बैंकको प्रतिबेदनमा उल्लेख छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।