माउन्टेन हाईड्रोकाे आईपिओ बाँडफाँड आइतबार

Mar 16, 2019 Merolagani

माउन्टेन हाईड्रो नेपाल लिमिटेड (MTHNL) ले निष्काशन गरेको आईपिओ आइतबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आइतबार बिहान १० बजे क्यापिटलको मुख्य कार्यालय नक्शालबाट आईपिओ बाँडफाँड गरिने छ ।

फागुन २३ देखि २८ गतेसम्म कम्पनीको आईपिओ सर्वसाधरणका लागि खुला गरिएको थियो । आईपिओ भर्ने अन्तिम दिन अगावै कम्पनीको सम्पूर्ण शेयर बिक्री भएको प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।

आयोजना प्रभावित बासिन्दाका लागि यसअघि जारी गरेर अवितरित ५ लाख ६६ हजार ११० कित्ता गरि कूल १८ करोड १६ लाख ११ हजार रुपैयाँ बराबरको १८ लाख १६ हजार ११० कित्ता साधारण शेयर निष्काशन गरेको थियो । जसमध्ये १७ लाख ३९ हजार ७८८ कित्ता शेयरमा सर्वसाधारणको आवेदन मागिएको थियो । माग गर्ने सबै आवेदकले आईपिओ प्राप्त गर्ने सिद्धार्थ क्यापिटलले जनाएकाे छ । 

निष्काशन गरिएको कूल शेयरमध्ये दुई प्रतिशत बराबरको ३६ हजार ३२२ कित्ता कर्मचारीहरु र ४० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएको छ ।

माउन्टेन हाईड्रोको आईपिओले इक्रा नेपालबाट क्रेडिट रेटिङ्ग इक्रा एनपि आईपिओ ४ पाएको छ । जसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको बुझाउँछ ।

कम्पनीको विवरणपत्र अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले प्रतिशेयर ६ रुपैयाँ १४ पैसा नोक्सानी व्यहोर्ने उल्लेख छ। आर्थिक वर्ष २०७६ र ७७ मा २ रुपैयाँ २८ पैसा र ०७७ र ७८ मा ३ रुपैयाँ ६३ पैसा वार्षिकप्रतिशेयर आम्दानी गर्ने कम्पनीको प्रक्षेपण छ ।आईपिओ जारी गरेपछि माउन्टेनको चुक्ता पूँजी एक अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।